मुख्य समाचार
पैसाकै कारण उपचार रोकिनु हुँदैन” सांसद खगेन्द्र सुनार | नेपालगञ्जमा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने | नरैनापुरमा भीषण आगलागी: १० घर खरानी, विवाहको घर शोकमा | बाँकेमै पहिलो उपलब्धि: जानकी–१ ‘पूर्ण खोप सुनिश्चित वडा’ घोषणा, खोप अभियानमा ऐतिहासिक सुरुवात | पूर्वविशिष्टहरूले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने | तीन तहबीच अधिकार बाँडफाँट नहुँदा संघीयता बदनाम भयोः देवराज चालिसे | गुणस्तरीय पोषण सेवा प्रवाहका लागि नरैनापुरका स्वास्थ्यकर्मीलाई तालिम | अधिवक्तामाथि कुटपिट र दुर्व्यवहारः दोषीमाथि कडा कानुनी कारबाहीको माग | बर्दियाको ठाकुरबाबामा युवा उद्यमशीलता प्रवद्र्धनका लागि कार्यशाला | १५ दिनभित्र फोहोर व्यवस्थापन गर्न जानकी गाउँपालिकाको कडा निर्देशन |

मोहम्मद जयन्ती धुमधामका साथ मनाइदै

यूथ टुडे समाचारदाता 3333+ समाचार ( )
२० भाद्र २०८२, शुक्रबार

बाँके । इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल) को १५०० औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी बाँके सहित देशभर धुमधामका साथ मनाइँदैछ ।

मुस्लिम समुदायको सन्देष्टाका रुपमा मोहम्मदलाई मान्ने गरिन्छ । पैगम्बर मोहम्मदको जन्म साउदी अरबको मक्कामा भएको थियो । पछि साउदी अरबको मदिनामा गए । उनी जन्मेको ५३ वर्षपछि इस्लामिक पात्रो (हिजरी संवत्) सुरु भयो ।

अहिले हिजरी संवत् १५०० चलिरहेको छ । हरेक वर्ष हिजरी संवत् १० दिन पर सर्ने गरेको मुस्लिम अगुवाहरुको भनाई छ ।

जगत्को सृष्टिदेखि नै पवित्रस्थलमा रहेको मक्का मदिनामा पहिले सबै धर्मावलम्बीले पूजा आराधना गर्ने तीर्थस्थल थिए । मोहम्मदले उपदेश दिने क्रममा यहीँ कुरान अवतरित भएको विश्वास मुस्लिम समुदायको छ । कुरान अवतरित भएपछि यहाँ अरु धर्मावलम्बी कम भए ।

अनि इस्लाम धर्मावम्बीको मुख्य तीर्थस्थलका रुपमा मान्न थालियो । यसअघि जेरुसेलमलाई इस्लाम धर्मावम्बीको मुख्य तीर्थस्थल मानिन्थ्यो । यसैकारण इस्लाम धर्मावलम्बी जीवनमा एकपटक मक्का मदिनामा गएर हज गर्न चाहन्छन् ।

इस्लाम धर्मममा महत्वपूर्ण योगदान गरेकाले आज उनको उपदेशलाई सम्झने कार्यक्रम छ । यस अवसरमा आज ¥याली, सभालगायत कार्यक्रम गरि मनाइदै छ । यसै अवसरमा संघीय सरकारले सामुदायिक बिदा दिएको छ भने बाँकेको नरैनापुर, जानकी, डुडुवा र खजुरा गाउँपालिकाले सार्वजनिक बिदा समेत दिएको छ ।

नेपालगन्जमा निकालिएको र्यालीमा पुगेर पुर्व मन्त्री एवं जसपाका केन्द्रीय महामन्त्री मोहम्मद इस्तियाक राईले मोहम्मद डे को शुभकामना दिनु हुदै शौहर्दपूर्ण तरिकाले मोहम्मद डे मनाउन आग्रह गर्नु भयो । 

यसैगरी नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले मुस्लिम धर्मावलम्बीको पर्व मोहम्मद दिवसले नेपाली राष्ट्रिय एकता र अखण्डतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नु भयो । 

दिवसका अवसरमा आज शुभकामना सन्देश दिदै अध्यक्ष शाहले मोहम्मद पर्वले सबै समुदायबीच आपसी भाइचारा र सद्भाव अभिवृद्धिमा प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गर्नु भयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार