मुख्य समाचार
दुस्प्रचारमा नलाग्न प्रधानमन्त्री सचिवालयको आग्रह | नेपालगन्ज वाकाथनको तयारी पुरा | सोफियाको १७औं वार्षिक उत्सवले अभिभावक मन्त्रमुग्ध | उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिका सभापति खान स्वदेश फिर्ता | श्रम समितिका सभापति खान कोप २८ मा सहभागी भएर श्रमिकहरुको समस्या बुझ्न कुवेत प्रस्थान | मुस्लिम मुक्ति मोर्चा नेपालगञ्जको अध्यक्षमा अल्फात निर्विरोध निर्वाचित | नरैनापुरमा सामुदायिक महिला स्वयंसेविका दिवस मनाइयो | वडा अध्यक्ष जोलाहको भाईको निधनप्रति गाँउपालिका अध्यक्ष शाहद्धारा शोक व्यक्त | टिकटक बन्द गर्ने निर्णय फिर्ता लिन सकिन्छ प्रधानमन्त्री प्रचण्ड | मानव अधिकार आयोग भित्रै मानव अधिकारको उल्लघन |

यौगिक जीवनतर्फ अगाडि बढ्न योग गुरु भट्टराईको आग्रह

यूथ टुडे समाचारदाता 1607+ समाचार ( )
वडा वडामा योग समिति गठन गरिदै
५ जेठ २०८०, शुक्रबार

बाँके । योग समिति  नेपालका अध्यक्ष डाक्टर गिरीराज भट्टराईले बाँके,बर्दिया,दाङ र कपिलबस्तुको प्रत्येक वडामा योग समिति निर्माण गर्ने घोषणा गर्नु भएको छ ।

नेपालगंज ८,९ र १३ मा गठन भएको योग समितिका पदाधिकोरीहरुलाई दिदै योग गुरु भट्टराईले नेपालगंजका बासिन्दालाई मानसिक तथा शारीरिक रुपमा योगको माध्यमबाट निरोगी बनाउन वडा स्तरमा योग समिति गठन गर्न लागेको बताउनु भयो । उहाँले जेष्ठ १० गते योग समितिको ५ औँ स्थापना दिवसको मनाउने तयारीका क्रममा वडा वडामा समिति विस्तार गर्न लागेको जानकारी दिनु भयो ।

नेपालगं ८ मा चन्द्र केसीको संयोजकत्वमा प्रमोद अग्रवाल, रमेश बैश्य,संगिता बैश्य,जिवन अधिकारी,कमला शाह,भुमा पाण्डे,लक्ष्मी गुप्ता,दिपक सोनी सदस्य रहनु भएको समितिमा निराजन शाह र रजनिश बाजपेयी सल्लाहकार रहनु भएको छ । 

यस्तै नेपालगंज ९ मा रिता भट्टराईको संयोजकत्वमा टिका भट्टराई, आरती गौतम,मिरा चौधरी,कमला शर्मा, शकुन्तला भट्टराई, दिपक खड्का,कमला आचार्य,सुनिता खडका सदस्य रहनु भएको समितिमा डा.शान्ता आचार्य र अरुण कुमार सिहं सल्लाहकारमा मनोनित हुनु भएको छ ।

यसैगरी नेपालगंज १३ मा सुनिता पन्थीको संयोजकत्वमा गिता अधिकारी, अनिता श्रेष्ठ, सरिता शाह,मिरा शाही,शान्ति चौधरी,शकुन्तला शाह, भरत महतो,तारा कर्ण सदस्य रहनु भएको समितिमा अम्बिका शाह,विष्णु प्रसाद भण्डारी,मिना न्यौपाने, सुरेश सिंह ठाकुर सल्लाहकारमा चयन हुनु भएको छ ।

कार्यक्रममा बोल्दै योग समितिका सल्लाहकार अरुण सिहंले समाज रुपान्तरण गर्न सर्व प्रथम आफू रुपान्तरण हुनु पर्ने बताउदै उहाँले स्वस्थ हुन शरीरिक मात्र होईन, मानसिक र आध्यात्मिक सन्तुलन पनि हुनु पर्ने भएकोले वडा वडामा स्थापना भएका योग समिति मार्फत योग अभ्यास गर्न सबै संग आग्रह गर्नु भयो । 

योग समितिका सल्लाहकार नन्दलाल बैश्यले पहिला हामी आफू बदलिनु पर्छ त्यस पछि परिवार, समाज, देश हुदै विश्व बदल्न सक्ने बताउदै योग कुनै एक व्यक्ति वा समूदायका लागि नभई सबैका लागि भएकोले अनिवार्य योग गर्न जरुरी रहेको जिकिर गर्नु भएको थियो ।