मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

यौगिक जीवनतर्फ अगाडि बढ्न योग गुरु भट्टराईको आग्रह

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
वडा वडामा योग समिति गठन गरिदै
५ जेठ २०८०, शुक्रबार

बाँके । योग समिति  नेपालका अध्यक्ष डाक्टर गिरीराज भट्टराईले बाँके,बर्दिया,दाङ र कपिलबस्तुको प्रत्येक वडामा योग समिति निर्माण गर्ने घोषणा गर्नु भएको छ ।

नेपालगंज ८,९ र १३ मा गठन भएको योग समितिका पदाधिकोरीहरुलाई दिदै योग गुरु भट्टराईले नेपालगंजका बासिन्दालाई मानसिक तथा शारीरिक रुपमा योगको माध्यमबाट निरोगी बनाउन वडा स्तरमा योग समिति गठन गर्न लागेको बताउनु भयो । उहाँले जेष्ठ १० गते योग समितिको ५ औँ स्थापना दिवसको मनाउने तयारीका क्रममा वडा वडामा समिति विस्तार गर्न लागेको जानकारी दिनु भयो ।

नेपालगं ८ मा चन्द्र केसीको संयोजकत्वमा प्रमोद अग्रवाल, रमेश बैश्य,संगिता बैश्य,जिवन अधिकारी,कमला शाह,भुमा पाण्डे,लक्ष्मी गुप्ता,दिपक सोनी सदस्य रहनु भएको समितिमा निराजन शाह र रजनिश बाजपेयी सल्लाहकार रहनु भएको छ । 

यस्तै नेपालगंज ९ मा रिता भट्टराईको संयोजकत्वमा टिका भट्टराई, आरती गौतम,मिरा चौधरी,कमला शर्मा, शकुन्तला भट्टराई, दिपक खड्का,कमला आचार्य,सुनिता खडका सदस्य रहनु भएको समितिमा डा.शान्ता आचार्य र अरुण कुमार सिहं सल्लाहकारमा मनोनित हुनु भएको छ ।

यसैगरी नेपालगंज १३ मा सुनिता पन्थीको संयोजकत्वमा गिता अधिकारी, अनिता श्रेष्ठ, सरिता शाह,मिरा शाही,शान्ति चौधरी,शकुन्तला शाह, भरत महतो,तारा कर्ण सदस्य रहनु भएको समितिमा अम्बिका शाह,विष्णु प्रसाद भण्डारी,मिना न्यौपाने, सुरेश सिंह ठाकुर सल्लाहकारमा चयन हुनु भएको छ ।

कार्यक्रममा बोल्दै योग समितिका सल्लाहकार अरुण सिहंले समाज रुपान्तरण गर्न सर्व प्रथम आफू रुपान्तरण हुनु पर्ने बताउदै उहाँले स्वस्थ हुन शरीरिक मात्र होईन, मानसिक र आध्यात्मिक सन्तुलन पनि हुनु पर्ने भएकोले वडा वडामा स्थापना भएका योग समिति मार्फत योग अभ्यास गर्न सबै संग आग्रह गर्नु भयो । 

योग समितिका सल्लाहकार नन्दलाल बैश्यले पहिला हामी आफू बदलिनु पर्छ त्यस पछि परिवार, समाज, देश हुदै विश्व बदल्न सक्ने बताउदै योग कुनै एक व्यक्ति वा समूदायका लागि नभई सबैका लागि भएकोले अनिवार्य योग गर्न जरुरी रहेको जिकिर गर्नु भएको थियो । 

कार्यक्रममा बोल्ने वक्ताहरुले विधिपूर्वक गरिएका योगका विविध क्रिया र प्राणायाम तथा आसनले हाम्रो शरीरका श्वासप्रश्वास, रक्तसञ्चार, अस्थिपञ्जर, मांशपेसी, पाचन, ग्रन्थी, मूत्र, स्नायु, प्रजनन्लगायतका प्रणाली सक्रिय हुने हुँदा ती प्रणालीसँग सम्बन्धित अंगहरूले राम्रो काम गर्न थाल्छन् र त्यसको सकारात्मक प्रभाव शारीरिक, मानसिक र आध्यात्मिक क्षेत्रमा पनि पर्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार