मुख्य समाचार
राजा खानद्वारा मस्जिदलाई एक लाख सहयोग | स्ववियुलाई स्वतन्त्रतापुर्वक गतिशिलता प्रदान गर्न नेपालगन्ज नर्सिङ क्याम्पसको अध्यक्षमा निर्वाचित भएको अधिकारीको भनाई | नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा अनेरास्ववियुका शाह प्यानलसहित विजयी | संविधान संशोधनअघि बृहत् समीक्षा गरौँ: अध्यक्ष दाहाल | प्रहरी महानिरीक्षकद्वारा पद बहाली, देशको शान्ति सुरक्षा प्रमुख प्राथमिकता | नेपाल प्रहरीको ३१ औं प्रमुखमा दिपक थापा नियुक्त | बाँके प्रहरीद्वारा ट्राफिक कारबाहीमा २९ लाख राजश्व सङ्कलन | राजा खानद्वारा शैक्षिक सहयोग तथा शौचालय निर्माणको शुभारम्भ | धार्मिक भातृत्वका लागि नेपालगञ्जमा सामुहिक रोजा इफ्तार सम्पन्न | गैसस महासङ्घ नेपालका नवनिर्वाचित पदाधिकारी र सभामुख घिमिरे बिच भेटघाट |

आन्तरिक उडान नियमित गर्ने सहमति, वायुसेवाका जायज माग सम्बोधन हुने

यूथ टुडे समाचारदाता 2516+ समाचार ( )
सरकारले कारबाही गर्ने भएपछि वायु सेवा सञ्चाकलहरू हवाई सेवा रोक्ने घोषणाबाट पछि हटेका छन् ।
७ असार २०७९, मङ्गलबार

काठमाडौं । सरकारले कारबाही गर्ने भएपछि वायु सेवा सञ्चाकलहरू हवाई सेवा रोक्ने घोषणाबाट पछि हटेका छन् ।

नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा सञ्चालक संघबीच उडान सञ्चालन गर्ने विषयमा मंगलबार मध्यराति सहमति भएको हो । अब बुधबार आन्तरिक उडान नियमित हुने भएको छ ।

राति ११ बजेसम्म चलेको वार्तामा वायुसेवाले आन्तरिक उडान बन्द नगर्ने र प्राधिकरणले पनि वायुसेवाका जायज माग सम्बोधन गर्ने भएपछि उडान नियमित गर्ने सहमति भएको हो ।

वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज शर्मा कँडेलका अनुसार आन्तरिक उडान खुला राखेर वार्तालाई निरन्तरता दिइने छ । छलफल बुधवार मध्याह्न १२ बजे प्राधिकरण केन्द्रीय कार्यालयमा हुनेछ ।

वायुसेवा सञ्चालक संघले मंगलबार पत्रकार सम्मेलन गरी बुधबारदेखि आन्तरिकतर्फका सबै उडान अनिश्चितकालका लागि ठप्प पार्ने घोषणा गरेको थियो ।

प्राधिकरणले पनि पत्रकार सम्मेलन गरी हवाइ उडान ठप्प पारे कारवाही गर्ने चेतावनी दिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार