मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

बाँकेको जानकी गाउँपालिकामा उपाध्यक्ष यादवको किर्ते हस्ताक्षर काण्ड विवादित बन्दै

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
किर्ते हस्ताक्षर गर्नेलाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा निवेदन दिए पनि प्रहरीले निवेदन दर्ता नगरेको उपाध्यक्ष यादवले बताउनुभयो ।
३० असार २०८०, शनिबार

बाँके । बाँकेको जानकी गाउँपालिकामा रकम निकासा अघिको योजना अनुगमन समितिको प्रतिवेदनमा उपाध्यक्ष रामप्यारी यादवको हस्ताक्षर किर्ते गरिएको रहस्य सार्वजनिक भए पछि शुक्रबार पत्रकार सम्मेलन गरेर यथार्थ कुरा बाहिर ल्याउनु भएको छ ।

गाउँपालिका भवनको मुख्य प्रवेशद्वार निर्माणको योजना अनुगमन समितिको प्रतिवेदनमा उपाध्यक्ष यादवको किर्ते हस्ताक्षर गरिएको हो । प्रवेशद्वार निर्माण गरिसकेपछि भुक्तानी निकासा माग अघिको फाराममा उपाध्यक्षको किर्ते हस्ताक्षर गरेपछि रकम निकासा रोकिएको छ । आफ्नो हस्ताक्षर किर्ते गरेको थाहा पाएपछि उपाध्यक्ष यादव किर्ते हस्ताक्षर गर्नेलाई कारबाही गराउन प्रहरी लगायत विभिन्न निकायमा धाइरहनुभएको छ ।

किर्ते हस्ताक्षर गर्नेलाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा निवेदन दिए पनि प्रहरीले निवेदन दर्ता नगरेको उपाध्यक्ष यादवले बताउनुभयो । ‘मेरो फाइल दुई दिनसम्म प्रहरीकहाँ रह्यो, प्रहरीले दर्ता गरेन, उपाध्यक्ष यादवले भन्नुभयो, प्रहरीले दर्ता नगरेपछि फाइल फिर्ता ल्याएको छु । अब अदालत जान्छु ।’

गाउँपालिकाले पत्रकार सम्मेलन गरेर उपाध्यक्षको हस्ताक्षर ठेकेदार कम्पनीका मानिसले किर्ते गरेको बताएको छ । गाउँपालिकाका अध्यक्ष छब्बल खाँले ठेकेदार कम्पनीका मानिसले उपाध्यक्षको हस्ताक्षर किर्ते गरेकाले कारबाहीका लागि आफूहरु लागिपरेको बताउनुभयो ।

गत बैशाख १० गते प्रवेशद्वार बनाउने ठेक्का सम्झौता गरिएको प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले बताउनुभयो । सिंहका अनुसार असार १५ गते सम्पन्न गर्ने भनिएकोमा ८ गते नै सम्पन्न गरेर रकम माग गरिएको थियो । योजना तथा अनुगमन समितिको प्रतिवेदनमा अनुगमन समितिका संयोजक उपाध्यक्ष रामप्यारी यादव, पूर्वाधार संयोजक टीकानाथ यादव, कार्यपालिका सदस्य कान्ति काँदु, प्राविधिक शाखा प्रमुख धनबहादुर रोकाय, योजना शाखा प्रमुख शोभा पौडेलको हस्ताक्षर छ ।

योजना अनुगमन समितिका संयोजक उपाध्यक्ष यादवकै हस्ताक्षर किर्ते गरिएपछि गाउँपालिकाले भुक्तानी रोकेको जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार