मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

मुस्लिम महिलाहरुलाई नेतृत्व बिकास तालिम

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
७ जेठ २०८२, मङ्गलबार

नेपालगन्ज । मुस्लिम महिलाहरुका लागि आत्मनिर्भर एव नेतृत्व बिकास सम्बन्धी तीन दिने तालिम नेपालगन्जमा सुरु भएको छ । सामाजिक बिकास डिभिजन कार्यालय बाँकेको सहयोग र बास नेपालको आयोजनामा भएको तालिमको लुम्बिनी प्रदेशका सामाजिक बिकास मन्त्री जन्मजय तिमिल्सिनाले मंगलबार उद्घाटन गरेका छन् ।

तालिमको उद्घाटन समारोहलाइ सम्बोधन गर्दै सामाजिक बिकास मन्त्री तिमिल्सिनाले महिलाहरुको क्षमता विकास गरी आत्मनिर्भर बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको बताउदै तालिममा महत्वका साथ सहभागी भइ सिक्नुपर्ने बताए । मन्त्रि तिमिल्सिनाले मुस्लिम समुदायमाका महिलाहरुले विभिन्न समस्याहरुको सामना गर्नु परिरहेको बताउदै आफ्नो हक अधिकारका लागि पैरबी गर्न आवश्यक रहेको बताए । पछाडी परेका महिलाहरुको हक अधिकार र स्वतन्त्रताका लागि तालिम उपयागी हुने बताउदै उन्ले भने“ अधिकारका लागि आफै आजै बाट जाग्न जरुरी छ, समाज रुपान्तरणका लागि अबश्यक तत्वहरु के के हुन भन्ने कुरा तालिमबाट सिक्न सकिन्छ ।” 

तालिममा लम्बिनी प्रदेश सभा सदस्य मिना सिद्दिकी बोहराले मुस्लिम महिलाहरु यसरी तालिममा सहभाही भएको देख्दा निकै हर्षित भएको बताउदै तालिमबाट मुस्लिम महिलाहरुले आफ्नो अधिकारहरुको बारेमा जानकार हुने बताइन् । तालिमबाट केही कुरा सिकेर आफ्नो हक अधिकारहरुको लागि आफै लड्न सक्नुपर्छ उन्ले भनिन् “हाम्रो समुदायमा गर्न बाँकी अँझै धेरै कामहरु छन् आफ्नो हक अधिकारका लागि हामि आफै अघी बढ्नु पर्छ” । सामाजिक बिकास डिभिजन कार्यालयका प्रमुख उद्धव प्रसाद श्रेष्ठले तालिममा सक्रिय सहभागीता जनाइ तालिमका विषयवस्तुलाइ आत्म साथ गर्न सहभागीलाइ अनुरोध गरे ।

बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माको अध्यक्षतामा भएको तालिमको पहिलो दिन प्रशिक्षक मन भण्डारी र कल्पना अधिकारीले महिला अधिकार, महिलाको अवस्था र महिलावाद, नेतृत्व विकास, सकारात्मक सोच लगायतको विषयमा सहजीकरण गरेका थिए ।  

तीन तिन सम्म चल्ने तालिमको उद्घाटन समारोहको सञ्चालन बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले गरेका थिए भने बास नेपालका उपाध्यक्ष तथा तालिम विभाग प्रमुख दिला शाहले स्वागत संगै तालिमको उद्देश्यमाथी जानकारी गराएकी थिइन् ।

तालिममा नेपालगन्ज उपमहानगरपालिकाका बिभिन्न वडाका ९० जना मुस्लिम समुदायका महिलाहरुको सहभागिता रहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार