बाँके । बाँकेको डुडुवा गाउँपालिका वडा नं ४ शाहपुर्वामा नयाँ मतदाता र पुरानो मतदाता परिचय पत्र हराएकाहरूलाई परिचय पत्र वितरण सुरु गरिएको छ ।
२ हजार ६ सय ३५ मतदाता रहेको उक्त वडाको मतदान केन्द्र शाहपुर्वाको बिधालयमा रहेको छ । उक्त मतदान केन्द्रबाट मतदाता परिचयपत्र वितरण कार्य सुरु गरिएको मतदान अधिकृत लक्ष्मण बहादुर केसीले जानकारी दिनुभयो ।
मतदान केन्द्रमा पुगेका मतदान अधिकृत सहित कर्मचारीहरुले निर्वाचनलाई व्यवस्थित र शान्तिपूर्ण तरिकाले सम्पन्न गराउन सर्वदलीय र सर्वपक्षीय छलफल गराइ आवश्यक निर्णयहरू समेत गरिएका मतदान अधिकृत केसीले बताउनुभयो ।
बुधबारबाट वितरण सुरु गरिएको मतदाता परिचय पत्र भोलि बिहिबार सम्म वितरण हुने अर्का मतदान अधिकृत चन्द्र बहादुर पाण्डेले बताउनुभयो ।
पाण्डेले भन्नुभयो, मतदाताले सम्बन्धित केन्द्रबाट मतादाता परिचय पत्र लिन सक्नेछन् । मतदाताले परिचय पत्र लिनका लागि परिचय खुल्ने नागरिकता, लाइसेन्स, पासपोर्ट लगायतको परिचयपत्र देखाएर मतदाता परिचय पत्र लिन सक्ने जानकारी दिनु भयो ।
उनले स्कुलमा ३ वटा मतदान केन्द्र रहेको र शान्तिपूर्ण रुपमा मतदाता परिचय पत्र वितरण भइरहेको जिकिर गर्नु भयो ।
डुडुवा गाउँपालिकाको वडा नं ४ को आधारभूत बिधालय शाहपुर्वामा ३ वटा मतदान केन्द्र स्थापना गरिएको छ उक्त मतदान केन्द्रमा चन्द्र बहादुर पाण्डे, केन्द्र लक्ष्मण बहादुर केसी, कविराम बुढाथोकी मतदान अधिकृत रहनु भएको छ भने साइ देब बहादुर थापाको कमाण्डमा नेपाल प्रहरी र म्यादी प्रहरी परिचालन गरिएको छ ।