मुख्य समाचार
खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति |

सुदुर पश्चिम प्रदेश प्रमुख मियाँले भन्नुयो, ‘रोजा इफ्तारले सामाजिक एकताको सन्देश दिएको छ’

यूथ टुडे समाचारदाता 3304+ समाचार ( )
नेपालगंजमा बृहत इफतार सम्पन्न
२५ चैत्र २०८०, आइतबार

बाँके । सुदुर पश्चिम प्रदेशका प्रमुख नाजिर मियाँले रोजा इफ्तारले सामाजिक एकताको सन्देश दिएको बताउनु भएको छ । नेपालगन्जमा नेकपा एमाले निकट मुस्लिम इत्तेहाद संगठनको आयोजनामा गरिएको ‘रोजा इफ्तार’लाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

बाकेको नेपालगन्जमा आईतबार साझ आयोजना गरिएको ‘रोजा इफ्तार’ कार्यक्रममा प्रदेश प्रमुख मियाँ सहभागि हुनु भएको हो । कार्यक्रममा बोल्दै प्रदेश प्रमुख मियाँले ‘रोजा इफ्तार’ कार्यक्रमले देशलाई एकताबद्ध बनाउन र समृद्धीको लागि राम्रो सन्देश दिने बताउनु भयो । यो पर्वले देशमा रहेका बिभिन्न धर्म, सम्प्रदाय र आमजनसमुदायबीच झन् एकता कायम गराउन सहयोग पु¥याउने बताउनु भयो । उहाँले हिन्दु वा मुस्लिमलाई अतिवादी भनि केही समय देखि हुदै आएको टिप्पणीको निन्दा गर्दै उहाँले अतिवादीको कुनै धर्म नहुने भएकोले यस्ता शब्द प्रयोग नगर्न आग्रह गर्नु भयो । 

प्रदेश प्रमुख मियाँलेभन्नुभयो, म प्रदेश प्रमुख हुदाँ रुपन्देहीबाट शान्ती र सदभावको अभियान सुरु गरेको बताउदै उक्त अभियान प्रदेश प्रमुख हुदाँ पनि जारी राखेको जिकिर गर्दै आउदै गरेको ईद पर्वको सबै मानव जातीलाई शुभ कामना दिनु भएको थियो ।

मुस्लिम समुदायका पाँच स्तम्भ मध्ये रोजा पनि एक हो । इफ्तारमा क्षमता अनुसार हरेक मुस्लिम समुदायले ब्यक्तिगत वा सामुहिक रुपमा परम्परागत विभिन्न परिकार खाने प्रचलन रहेको छ । 

उक्त रोजा इफ्तारमा बोल्दै मुस्लिम इत्तेहाद संगठनका अध्यक्ष मोहम्मद सफिक बेहनाले मुस्लिम समुदायको पर्वलाई महत्व दिएर सुदुर पश्चिम प्रदेश प्रमुख नेपालगन्ज आएकोमा खुशी व्यक्त गर्नु भयो । अध्ययक्ष बेहनाले देशमा सामाजिक सद्भाव र एकता कायम गर्न रोजा इफ्तारले सकारात्मक सन्देश दिएको बताउनु भयो ।

यस्तै रोजा इफ्तारमा मुस्लिम समुदायको तर्फबाट नेकपा एमालेका केन्द्र्रीय सदस्य मोहम्मद हारुन हल्वाईले मुस्लिम समुदायको पवित्र रमजान उपासना मात्र नभई आत्मशुद्धिको कष्टपूर्ण तालिम भएको बताउदै उहाँले सबै समूदाय संग मिलेर सदभाव स्थापना गर्नु रमजानको महत्वरहेको बताउनु भएको थियो । 

इफतार कार्यक्रममा सहभागि हुन नेपालगंज आउनु भएका सुदुरपश्चि प्रदेश प्रमुख मियाँलाई नेपालगंजका मुस्लिमहरुले फूलमाला लगाएर भव्य स्वागत गरेका थिए ।

मुस्लिम इत्तेहाद संगठनका अध्यक्ष मोहम्मद सफिक बेहनाको अध्यक्षतामा भएको रोजा इफ्तारमा नेकपा एमालेका केन्द्रीय सदस्य पशुपतिदायल मिश्रा, बाँके अध्यक्ष किस्मत कुमार कक्षपति, मुस्लिम जर्नालिष्ट क्लबका अध्यक्ष आलम खान, माओबादी नेतृ कस्मीरा खातुन, एमाले नेता रबि बर्मा, सकिल खान लगायतका ब्यक्तित्वहरुले शुभ कामना दिनु भएको थिए भने कार्यक्रममा जिल्लाका मुस्लिम हिन्दुहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार