मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

सांस्कृतिक रुपमा माओवादीले फरक पहिचान स्थापित गर्नु पर्छ - सचिव खान

महमूद आलम खान 1132+ समाचार ( )
प्रेस सेन्टर नेपालगन्ज शाखाले प्रथम बैठकका साथै प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ
१० चैत्र २०७८, बिहीबार

बाँके । प्रेस सेन्टर नेपालगन्ज शाखाले प्रथम बैठकका साथै प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । उपमहानगरपालिकाका अध्यक्ष चन्द्र बोहराको अध्यक्षतामा भएको कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका २३ वटै वडाका ६९ जना को सहभागीता रहेको थियो ।

कार्यक्रमका बिशेष अतिथि प्रेस सेन्टर लुम्बिनी प्रदेशका सचीव आलम खानले हामीले विचारमा विकास गरेनौं, राजनीतिक कोर्स सिफ्ट गरेनौं र सांस्कृतिक हिसाबले रुपान्तरित भएनौं भने माओवादीको औचित्य माथि जनताले प्रश्न गर्न सक्ने भएकोले माओवादीको औचित्य कायम गर्न हामीले विचारमा विकास गर्नु पर्ने धारणा राख्नु भएको थियो उहाँ संसदीय व्यवस्थाको वरिपरि नै आदर्श मानेर घुमिराख्ने र यही पोलटिकल कोर्समा बस्यौं भने औचित्य समाप्त हुन सक्ने भएकोले राजनीतिक कोर्स सिफ्ट गर्नु पर्ने बताउनु भयो । 

प्रदेश सचिव खानले भन्नु भयो, आउनु होस्, हामी संगठन निर्माणमा लागौं । पत्रकारिता मार्फत समाजका खराव कुरा र प्रवृतिको चिरफार गरौं । यसका लागि बौद्धिक पत्रकार जगतको खाचो रहेको औल्याउनु भएको थियो । 

सामाजिक सन्जालको प्रयोगको बारेमा युवा उद्धमी गिरिराज भुसालले सामाजिक संजाल प्रयोग गर्न सुझाव दिनु भएको थियो । यस्तै प्रेस सेन्टर बाँकेका अध्यक्ष डक्ट धितालले समाचार र सामाजिक संजालको व्यबहारिक प्रयोगका बारेमा प्रशिक्षण दिनु भएको थियो । उहाँले ४ बिषयमा स्नातकोत्तर र पत्रकारितामा विद्याबारिदी समेत गरिसक्नु भएका अध्यक्ष धितालले प्रोजेक्टरको माध्यमद्वारा हसाउदै समाजका लागि पत्रकार एना हुन, एउटा सानो शब्दले संसार परिवर्तन गर्न सक्छ भन्ने कुराबाट शुरु भएको प्रशिक्षण कार्यक्रममा सहभागीहरुले पटक पटक तालिबजाएर प्रशंसा गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि उपमहानगर अध्यक्ष रतन बहादुर शाहीले सहि पत्रकारिताले समाज परिवर्तन गर्न सक्ने बताउनु भयो । अध्यक्ष शाहीले पत्रकार र समाज नङ र मासु भएकोले सामज सुधार्नु पत्रकारको दायित्व हो भन्दै प्रेस सेन्टरका सदस्यले साचो पत्रकारित गर्नु पर्ने कुरामा जोड दिनु भयो । उहाँले नेपालगंजको मेयर, उपमेयर र २३ वटै वडामा माओबादीले जित्ने दाबी गर्नु भयो ।

प्रशिक्षण कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेपालगन्ज उपमहानगर उपाध्यक्ष बसन्त मल्ल, ताराबहादुर रेग्मी खत्री, सचिव प्रेम शाह, सहसचिव नन्दलाल वैश्य, कोषाध्यक्ष कस्मिरा खातुन, नगर सदस्य, वडा अध्यक्ष, प्रेस सेन्टर बाँके कार्यवाहक सचिव केपि घिमिरे लगायत नेपालगन्ज उपमहानगर प्रेस सेन्टर सदस्यहरुको बाक्लो उपस्थिति थियो । प्रशिक्षण कार्यक्रमको समापन प्रेस सेन्टर नगर अध्यक्ष चन्द्र बोहराले प्रथम बैठकले सफलता पुर्वक प्रशिक्षण कार्यक्रम गर्न सकेकोले खुशी व्यक्त गर्नु भयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार