मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

बाँके जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

Youth Today News 1+ समाचार ( )
२९ असार २०८१, शनिबार

बाँके । बाँके जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको छ । जिल्ला खोप समन्वय समिति बाँकेको आयोजनामा नेपालगञ्जमा आज एक कार्यक्रम गरी जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।

लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुन मगरले बाँके जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नुभएको हो । बाँकेका ८ वटै पालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएपछि जिल्लालाई आज पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।

जिल्लाका जन्मेदेखि ५९ महिनासम्मका सबै बालबालिकाले १३ वटा खोप पाएको सुनिश्चित भएपछि बाँकेलाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । श्रेष्ठका अनुसार खोजपड्ताल गर्दा जिल्लामा कुनै पनि खोप नलगाएका शून्यदेखि १५ महिनाका ५२ जना र १६ देखि ५९ महिनाका ८५ जना तथा आंशिक खोप मात्र लगाएका शून्यदेखि १५ महिनाका ३०२ र १६ देखि ५९ महिनाका ८५१ बालबालिका भेटिएकोमा ती सबैलाई खोपको मात्रा पूरा गरिएको छ ।

त्यसबाहेक नियमित खोप लगाउनुपर्ने बच्चाले पनि पूर्ण खोप पाएको सुनिश्चितता गरिएको छ । घोषणा कार्यक्रममा जिल्ला खोप समन्वय समिति संयोजक एवम् जिल्ला समन्वय समिति प्रमुख ज्ञानेन्द्र कुमार चौधरी, उपप्रमुख सीता कार्की, जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अङ्गद बहादुर शाही लगायत स्वास्थ्यकर्मी, सरोकारवालाको उपस्थिति थियो ।

पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणाका लागि प्रत्येक वर्ष माघ र फाल्गुन महिनामा खोज र खोप अभियान तथा घरधुरी सर्वेक्षण गरिन्छ । त्यसपछि जन्मेदेखि १५ महिनासम्मका बालबालिकाहरूले खोप लगाउन सुरु गरे नगरेको नामावली सूचीकृत गरिन्छ र १६ देखि २३ महिनाका बालबालिकाहरूले पूर्ण खोप पाए नपाएको सर्वेक्षण गरी छुटेका सबै बालबालिकालाई वैशाख महिनामा पूर्ण खोप दिएपछि वडा हुँदै सबै पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेपछि जिल्लालाई पनि गरिन्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार