मुख्य समाचार
राजा खानद्वारा मस्जिदलाई एक लाख सहयोग | स्ववियुलाई स्वतन्त्रतापुर्वक गतिशिलता प्रदान गर्न नेपालगन्ज नर्सिङ क्याम्पसको अध्यक्षमा निर्वाचित भएको अधिकारीको भनाई | नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा अनेरास्ववियुका शाह प्यानलसहित विजयी | संविधान संशोधनअघि बृहत् समीक्षा गरौँ: अध्यक्ष दाहाल | प्रहरी महानिरीक्षकद्वारा पद बहाली, देशको शान्ति सुरक्षा प्रमुख प्राथमिकता | नेपाल प्रहरीको ३१ औं प्रमुखमा दिपक थापा नियुक्त | बाँके प्रहरीद्वारा ट्राफिक कारबाहीमा २९ लाख राजश्व सङ्कलन | राजा खानद्वारा शैक्षिक सहयोग तथा शौचालय निर्माणको शुभारम्भ | धार्मिक भातृत्वका लागि नेपालगञ्जमा सामुहिक रोजा इफ्तार सम्पन्न | गैसस महासङ्घ नेपालका नवनिर्वाचित पदाधिकारी र सभामुख घिमिरे बिच भेटघाट |

पैगम्बरको विरुरद्धमा स्टाटस लेख्नेहरु माथि कारवाही माग गर्दै मुस्लिमहरुद्धारा नेपालगंजमा बिरोध प्रर्दशन
सामाजिक सद्भावमा खलल पु¥याउनेहरु माथि बिद्युतिय अपराधको मुद्दा चलाइने

यूथ टुडे समाचारदाता 2516+ समाचार ( )
१४ अशोज २०८०, आइतबार

बाँके १४ असोज । धर्मको नाममा केही व्यक्तिले बाँकेको वर्षौँदेखिको सामाजिक सद्भाव बिगार्ने काम गरेकाले त्यस्तालाई नियन्त्रणमा लिएर कारबाही गर्न माग गरिएको छ ।

आइतबार सामाजिक तथा धार्मिक सद्भावका लागि जिल्ला प्रशासन कार्यालय बाँकेमा भएको बृहत् बैठकमा सहभागीहरुले धर्मको नाममा सद्भाव बिगार्नेलाई कारबाही गर्न सुझाव दिएका छन् ।

व्यक्तिगत कुरालाई सामाजिक सञ्जालमा राखेर ठूलो बनाउन खोज्नेको पहिचान गरेर कारबाही गर्नका लागि स्थानीय प्रशासनसमक्ष सामाजिक सद्भाव समितिका संयोजक फिरोज हल्वाई, वडा नं. ५ का अध्यक्ष सराफत अलि शेष लगायत मुस्लिम धर्मका अगुवाहरुले आग्रह गरेका हुन् ।

इस्लाम धर्मका विरुद्धमा विवाद स्पद भिडियो, स्टाटस लेख्ने र सेयर गर्नुका साथै पैगम्बर मोहम्मदका विरुद्धमा समाजिक संजालमा लेख्नेहरु माथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा नियन्त्रणमा लिई कारवाही गर्न मुस्लिमहरुले किटानी नाम सहित ज्ञापन पत्र बुझाएका छन् । सामाजिक संजालमा स्टाटस लेख्नेहरुको विरुद्धमा नेपालगंजमा मुस्लिमहरुले प्रर्दशन समेत गरेका थिए । 

ज्ञापन पत्र बुझदै बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आर्चाले विभिन्न जात जाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरू उत्पादन गरी सामाजिक सञ्जाल मार्फत प्रकाशन तथा प्रदर्शन गर्ने र धार्मिक आस्था माथि अघात पुग्ने कुनै कार्य नगर्न नगराउन सबै संग अपिल गर्दै इस्लाम धर्मको आस्था माथि चोट पुग्ने गरी स्टाटस लेख्नेहरु माथि ४८ घण्टा भित्रै विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा चलाउने प्रतिबद्धता गरेका छन् । 

प्रमुख जिल्ला अधिकारी आचार्यले धर्म सम्बन्धी विवादमा सभा–जुलुस नगर्न नगराउन सम्बन्धी पक्षहरु संग आग्रह गर्दै समाजमा सदभाव बिगार्न भूमिका खेल्ने जुन धर्मको जुन सुकै स्तरको व्यक्ति भए पनि नछोडने चेतावनी दिए । 

सदभाव समितिका संयोजक फिरोज हल्वाईले सम्प्रदायिक सद्भाव बिगार्ने काम कहीँकतैबाट हुनु समाजको लागि ठीक नभएकाले यस्ता गतिविधि गर्नेको पहिचान गरेर कारबाही गर्नका लागि सुझाव दिएका थिए । बैठकमा बाँकेका प्रहरी प्रमुख सन्तोष सिंह राठोर, अनुसन्धानका प्रमुख मोहन कुमार लगायतको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

Mustak box १४ अशोज २०८०, आइतबार

Hami nepali 100 thunga ful ka hami 1 mala nepali, kasai ko aastaha ma chot puraune ko kunai dharma hudaina yo chimeki rasta ka dalal hun in lai karwai hunai parxa

Mustak box १४ अशोज २०८०, आइतबार

Hami nepali 100 thunga ful ka hami 1 mala nepali, kasai ko aastaha ma chot puraune ko kunai dharma hudaina yo chimeki rasta ka dalal hun in lai karwai hunai parxa

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार