बाँके । राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित महामन्त्री एंव नेपालगन्ज उपमहानगरपालिकाको मेयर समेत रहनु भएका डा. धवलशम्शेर राणालाई गृह जिल्ला बाँके भव्य स्वागत गरिएको छ ।
चार वर्षीय कार्यकालका लागि राणा पार्टीको महामन्त्रीमा निर्वाचित भए पछि पहिलो पटक नेपालगञ्ज आएका राणालाई समर्थकहरुले नेपालगञ्ज बिमान स्थलमा फुलमाला लगाएर स्वागत गरिएको राप्रपा नेता मोहम्मद सफिक बेहनाले जानकारी दिनुभयो ।
नेपालगञ्जको बिरेन्द्र चौकमा समेत सर्वसाधारणहरुले ५० केजिको मालाले स्वागत गर्नुका साथै जय देश जय नरेशको चर्को नारा लगाएका थिए । नेपालगञ्ज पुगेर कार्यकर्ता संगै र्याली सहित नेपालगञ्जको बिभिन्न भागको परिक्रमा गर्नु भएको थियो ।
काठमाडौंमा सम्पन्न महाधिबेशनबाट राजेन्द्र लिङ्देनको प्यानलबाट राणा निर्वाचित हुनुभएको थियो ।