मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

हज़रत बाबा मस्तान शाहको सालाना उर्स सम्पन्न

Youth Today News 1+ समाचार ( )
९ चैत्र २०७८, बुधवार

बाँके । बाँकेको वडा नं ४ मा रहेको बाबा मस्तान शाहको उर्स आज सम्पन्न भएको छ । नेपालगंज उप महापालिका वडा नम्बर ४ घोसीटोलमा रहेको बाबा मस्तान शाहको उर्स मंगलबार देखि सुरु भएको थियो । उर्समा गागर, चादर चढाउने कार्य भएको थियो ।

धार्मिक तथा सांस्कृतिरुपमा यो उर्स महत्वपूर्ण रहेको जानकारहरु बताउँछन् । मुस्लिम तथा हिन्दुहरुबीचको साँझा मेलाले धार्मिक तथा सामाजिक सदभाव कायम गर्न ठूलो बल पुर्याएको उर्स संचालक सद्दन राईले बताउनुभयो । आस्थाको धरोहरका रुपमा रहेको यो उर्समा पुग्नेहरुले आफुले मागेको चाहना पूरा हुने विश्वास गरिन्छ ।

त्यसैकारण बाँकेका विभिन्न ठाउँबाट उर्समा बाबा मस्तान शाहको दर्शन गर्न दर्शालुहरु पुग्ने गरेका छन् । उर्सलाई भव्य रुपमा सफल बनाउनका लागि भारतका विभिन्न स्थानबाट मस्तान लगायत कौवालहरु आएका थिए ।

सांस्कृतिक, धार्मिक तथा सामाजिक सदभाव कायम राख्नका लागि यो उर्सको महत्वपूर्ण योगदान रहेको स्थानीयहरु बताउँछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार