जनकपुर । प्रदेश नं. २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले दाइजो प्रथा सामाजिक कुरुती मात्र नभई सामाजिक अपराध समेत रहेको बताएका छन् ।
जिलई जमईत अहलेहदिस प्रदेश न २ द्वारा धनुषाको गणेशमाण चारनाथ नपा २ छघरीयास्थित मदरसाको प्राङ्गणमा आयोजित दहेजमुक्त अभियान कार्यक्रमका प्रमुख अतिथिको आसनबाट बोल्दै मुख्यमन्त्री राउतले दहेजरुपि सामाजिक अपराधलाई अन्त गर्नुको विकल्प नरहेको बताएका हुन् ।
मुख्यमन्त्री राउतले दहेजको नाउमा सडकको अपराधीक घटनाहरु समाज भएको तथ्य उजागर गर्दै यस्ता अपराध अन्तको लागि सबैलाई आ– आफ्नो स्थानबाट प्रण गर्न आग्रह गरेका थिए ।
समाजको अधा हिस्सा ओगटेको महिलाहरुको शिक्षामा जोड दिनु पर्नै उल्लेख गर्दै मुख्यमन्त्री राउतले सबै क्षेत्रमा महिलाको पहुँच नभएसम्म समाजले विकास गर्न नसक्ने ठोकुवा गरे ।
प्रदेश सरकारले महिलाहरुको लागि ५० प्रतिशत आरक्षण गरेको जानकारी गराउँदै उहाले शिक्षा नलिएसम्म उच्च आरक्षणको समेत फाईदा लिन नसक्ने जिकिर गरे ।
मतिबुल रहमानको अध्यक्षमा भएको उक्त कार्यक्रममा संघीय सांसद एवम् पूर्वमन्त्री मातृका प्रसाद यादव, मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारी, जसपा केन्द्रिय सदस्य दिपाक कार्की, प्रदेशसभा सदस्य रामअशिष यादव, जैनुल राईन, मुस्लिम घर्मगुरुहरुले दहेजमुक्त समाज निर्माणका लागि आ– आफ्नो धारणणा व्यक्त गर्नु भएका थिए ।
कार्यक्रममा बौद्धिक पेसाकर्मी माहासंघका उपाध्यक्ष जितेन्द्र यादव, जनकपुरधाम उपमहानगरका प्रमुख लालकिशोर साह, उपप्रमुख, विभिन्न राजनीति दलका नेता, सामाजिक अभियन्ताहरुको उपस्थिति रहेको थियो ।