मुख्य समाचार
पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता | विद्यालय शिक्षा विधेयक संसदमा पेश | संयुक्त राष्ट्रसंघको महासभा र चीन भ्रमण दुवै सफल भएको प्रधानमन्त्री प्रचण्डको भनाई | सामाजिक सद्भावमा खलल पु¥याउनेहरु माथि बिद्युतिय अपराधको मुद्दा चलाइने | चोरी मुद्दामा जाबिर हुसेन हल्वाई सहित २ जनाको नाममा पक्राउ पुर्जी | मुस्लिम उद्योग व्यवसायीहरु संगठित हुदै, व्यवसायीहरुको समस्यामा सरकार गम्भीर नभएको निष्कर्ष | एमालेको बदनियतकै कारण कांग्रेस नेतृत्वको कोशी प्रदेशका ढलेको काग्रेसको निष्कर्ष | नरैनापुरमा मुस्लिम समुदायले मनाए मोहम्मद डे | कोहलपुर स्वास्थ्य शाखा प्रमुख ठकुरीले पत्रकार रिजाललाई दिएको धम्किको चौतर्फी आलोचना | आगामी वर्षदेखि प्रदेश सरकारले 'मोहम्मद डे' मा सार्वजनिक बिदा दिने मुख्य मन्त्रीको प्रतिबद्धता |

नरैनापुरमा दादुरा रुबेला विरुद्धको खोप लगाउन सुरु

यूथ टुडे समाचारदाता 1403+ समाचार ( )
पहिलो दिनमा नै २६६नहनाले लगाए दादुरा बिरुद्धको खोप
५ माघ २०७९, बिहीबार

बाँके । बाँकेको नरैनापुर गाँउपालिकामा दादुरा महामारी फैलिएपछि बालबालिकाहरुलाई दादुरा रुबेला विरुद्धको खोप प्रदान गर्न बिहिबारबाट सुरु गरिएको छ ।  

आज बिहिबार देखि जोखिम देखिएका वडाहरुका ६ महिना देखि १५ वर्ष उमेर समुहका करिब चौध हजार २० जना बालबालिकालाई खोप लगाइदैं छ । दादुरा रुबेलाका लक्षणहरु देखिएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरी बालबालिकाहरुलाई खोप लगाउन अनुरोध गरिएको नरैनापुर स्वास्थ्य संयोजक नगेन्द्र कुमार शाहले बताउनु भयो । नरैनापुरमा बुधबार सम्म १४ जनामा सक्रमण देखिएको थियो । 

हालसम्म नरैनापुरमा १४ जनामा दादुरा देखिएको छ । दादुराकै कारण बाँकेमा एक बालकको मृत्यु समेत भइसकेको छ । नरैनापुरमा तीव्र गतिमा फैलिरहेको दादुरा महामारीे नियन्त्रणमा लिन खोप अभियान सुरु गरिएको नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले बताउनु भयो । एउटा टोल तथा बस्तीमा ५ जनासम्म दादुराका विरामी देखापरेमा त्यसलाई महामारीको रुपमा लिने गरिन्छ । 

दादुराविरुद्धको खोपप्रतिको सचेतना अभावका कारण खोप प्रयोग नगर्दा प्रकोप फैलिएको अध्यक्ष शाहले बताउनु भयो । अध्यक्ष शाहले प्रकोप फैलिएपछि सबैको ध्यानार्कषण भएको बताउदै धर्मगुरु र समुदायसँग छलफल गरेर खोप अभियानमा सहयोग गर्न आग्रह गरिएको बताउनु भयो ।

नरैनापुर वडा नम्बर २ का बालबालिकामा दादुरा धेरै देखिएको छ । स्वास्थ्य शाखाका प्रमुख शाहका अनुसार सबैभन्दा बढी ६–१५ वर्ष मुनिका बालबालिकामा दादुराको संक्रमण देखिएको छ । दादुरा संक्रमणलाई नियन्त्रण गर्नका लागि आजबाट सुरु भएको खोप अभियानमा २६६१ जना बालबालिकालाई खोप लगाइएको नरैनापुर स्वास्थ्य शाखाले जनाएको छ ।  नेपाल सरकारले सन् २०२३ सम्ममा दादुरालाई निवारण गर्ने लक्ष्य लिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार