मुख्य समाचार
“स्वस्थ माटो, स्वस्थ जीवन” अभियानमा जानकी : प्राङ्गारिक कृषि र पोषण सचेतनामा ग्रामीण समुदाय उत्साहित | जानकीमा १५ शय्याको अस्पतालको निर्माण अन्तिम चरणमा | जानकीको गुरुवा गाउँमा बन्यो ‘वैकुण्ठ धाम’ | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | “स्वास्थ्य चौकीबाट टोलटोलसम्म” : कटकुइयामा स्वास्थ्यकर्मीको सरसफाइ अभियान, घरदैलोमै स्वास्थ्य सेवा | ग्रीन इकोनोमि परियोजनाको स्थानीय उत्पादनको प्रवद्र्धनमा महत्वपूर्ण योगदान | युवामैत्री डिजिटल सशक्तिकरण सम्बन्धी ३ दिने “कन्टेन्ट क्रियसन सम्बन्धि तालिम सम्पन्न | प्रधानन्यायाधीश शर्माद्वारा पदभार ग्रहण | पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश |

सीमावर्ती क्षेत्रहरूमा लागु औषध ओसारपसार र आपराधिक गतिविधि बढ्दो

यूथ टुडे समाचारदाता 3385+ समाचार ( )
१६ श्रावण २०८२, बिहीबार

कञ्चनपुर । भारतसँग खुला सीमा जोडिएका कञ्चनपुरको दक्षिणी सीमावर्ती क्षेत्रहरूमा लागु औषध ओसारपसार, तस्करी, चोरी र अन्य आपराधिक गतिविधि तीव्र बन्दै गएपछि स्थानीय जनप्रतिनिधिहरूले गम्भीर चिन्ता र चासो व्यक्त गर्नुभएको छ । 

खुला सीमाबाट भइरहेका गतिविधिलाई प्रभावकारी ढङ्गले नियन्त्रण गर्न राज्य संयन्त्र थप जिम्मेवार र सक्रिय बन्नुपर्नेमा उहाँहरूले जोड दिनुभएको छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको आयोजनामा बेलौरीमा आयोजित ‘सीमा क्षेत्रका जनप्रतिनिधिसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम’ मा वडाध्यक्ष तथा वडा सदस्यहरूले लागु औषध, चोरी, घरेलु तथा लैङ्गिक हिंसा र तस्करीजस्ता अपराध नियन्त्रणका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारबीच समन्वयात्मक पहल आवश्यक रहेको धारणा व्यक्त गर्नुभएको हो ।

बेलौरी नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष कलवीर चौधरीले प्रहरी चौकीहरूमा दरबन्दीअनुसार जनशक्ति खटाउनुपर्ने र बेलौरी ३ मा नयाँ प्रहरी चौकी स्थापना आवश्यक रहेको बताउनुभयो । 

बेलौरी नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष भोजराज चौधरीले आफ्नो वडामा लागु औषधको समस्या बढ्दो क्रममा रहेको बताउँदै भन्सार क्षेत्रमा निगरानी थप कडा बनाउन अनुरोध गर्नुभयो । 

बेलौरी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष प्रकाश श्रेष्ठले बालबालिकामाझ लागु औषधको लत फैलँदै गएको भन्दै सीमा क्षेत्रमा निगरानी कडाइ गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । 

बेलौरी नगरपालिका वडा नम्बर ८ की वडा सदस्य लक्ष्मी चन्दले महिलामाझ पनि लागु औषधको असर देखिन थालेको बताउँदै घरेलु हिंसा र सामाजिक विघटनको जोखिम बढेको उल्लेख गर्नुभयो ।

बेलडाँडी गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष गजबहादुर बिष्टले विद्यालय पार्क, खोलानाला र जङ्गल हुँदै हुने लागु औषध ओसारपसार रोक्न प्रहरी र समुदायबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले खुला सीमा, जङ्गल तथा उखुबारीको बाटोबाट यस्ता गतिविधि हुँदा त्यस्ता गतिविधि रोकथाममा अप्ठ्यारो अवस्था देखिएको उल्लेख गर्नुभयो । 

बेलडाँडी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष दुर्गाप्रसाद चौधरीले सीमावर्ती क्षेत्रमा रातको समयमा हुने अवैध आवतजावत नियन्त्रण गर्न नियमित गस्ती सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले लागु औषध सम्बन्धी घटनामा साँची बस्दा पनि गाउँमा त्रासको वातावरण बनेको सुनाउनुभयो । बेलडाँडी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष इन्द्रबहादुर खड्काले चोरी र तस्करी नियन्त्रणका लागि सुरक्षालाई थप मजबुत पार्नुपर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार