मुख्य समाचार
पैसाकै कारण उपचार रोकिनु हुँदैन” सांसद खगेन्द्र सुनार | नेपालगञ्जमा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने | नरैनापुरमा भीषण आगलागी: १० घर खरानी, विवाहको घर शोकमा | बाँकेमै पहिलो उपलब्धि: जानकी–१ ‘पूर्ण खोप सुनिश्चित वडा’ घोषणा, खोप अभियानमा ऐतिहासिक सुरुवात | पूर्वविशिष्टहरूले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने | तीन तहबीच अधिकार बाँडफाँट नहुँदा संघीयता बदनाम भयोः देवराज चालिसे | गुणस्तरीय पोषण सेवा प्रवाहका लागि नरैनापुरका स्वास्थ्यकर्मीलाई तालिम | अधिवक्तामाथि कुटपिट र दुर्व्यवहारः दोषीमाथि कडा कानुनी कारबाहीको माग | बर्दियाको ठाकुरबाबामा युवा उद्यमशीलता प्रवद्र्धनका लागि कार्यशाला | १५ दिनभित्र फोहोर व्यवस्थापन गर्न जानकी गाउँपालिकाको कडा निर्देशन |

राजनीतिमा सुशासन र रोजगारीको सिर्जना नभए मुलुक बर्वाद हुन्छ नेता भुसाल

यूथ टुडे समाचारदाता 3333+ समाचार ( )
३० मंगशिर २०८०, शनिबार

भैरहवा । नेकपा एकीकृत समाजवादी पार्टीका महासचिव घनश्याम भुसालले राजनीतिमा सुशासन र रोजगारीको सिर्जना नभए मुलुक बर्वादीको दिशातर्फ अघि बढ्ने बताएका छन् ।

शनिबार भैरहवामा आयोजित नेकपा एकीकृत समाजवादी पार्टी सिद्धार्थनगर नगर कमिटीको प्रथम अधिवेशनमा बोल्दै नेता भुसालले राजनीति भनेकै अरुका लागि काम गर्न कसम खाने भएको बताउँदै राजनीतिमा गलत प्रवृत्ति मौलाएका कारण मुलुकले दुःख पाएको बताए । उनले गलत कुरासँग सम्झौता नगरी झुठो र लोभलालचमा नपरी अनुशासित भएर राजनीति गर्न जरुरी भएको बताए ।

कार्यक्रममा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशसभा सदस्य भगवती घिमिरेले युवाहरु समाजवाद निर्माणको लागि गम्भीर भएर अघि बढ्नुपर्ने बताइन् ।

यस्तै, केन्द्रीय सदस्य उमा काफ्लेले पार्टी बिचारले बन्ने हुनाले पार्टीको बिचार प्रष्ट हुन जरुरी भएको बताइन् । पार्टीलाई सुदृढ बनाउन प्रशिक्षणको आवश्यकता रहेको उनले बताइन् । पार्टीको शैली जनतालाई आकर्षित गर्ने खालको हुनुपर्ने उनको भनाइ छ ।

नगर अधिवेशनमा करिब ५० जनाभन्दा बढी पार्टी प्रवेश गरेका थिए । अधिवेशनले सारदुल मयुर कसौधनको नेतृत्वमा ३५ सदस्यीय नगर कमिटी गठन गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार