मुख्य समाचार
राजा खानद्वारा मस्जिदलाई एक लाख सहयोग | स्ववियुलाई स्वतन्त्रतापुर्वक गतिशिलता प्रदान गर्न नेपालगन्ज नर्सिङ क्याम्पसको अध्यक्षमा निर्वाचित भएको अधिकारीको भनाई | नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा अनेरास्ववियुका शाह प्यानलसहित विजयी | संविधान संशोधनअघि बृहत् समीक्षा गरौँ: अध्यक्ष दाहाल | प्रहरी महानिरीक्षकद्वारा पद बहाली, देशको शान्ति सुरक्षा प्रमुख प्राथमिकता | नेपाल प्रहरीको ३१ औं प्रमुखमा दिपक थापा नियुक्त | बाँके प्रहरीद्वारा ट्राफिक कारबाहीमा २९ लाख राजश्व सङ्कलन | राजा खानद्वारा शैक्षिक सहयोग तथा शौचालय निर्माणको शुभारम्भ | धार्मिक भातृत्वका लागि नेपालगञ्जमा सामुहिक रोजा इफ्तार सम्पन्न | गैसस महासङ्घ नेपालका नवनिर्वाचित पदाधिकारी र सभामुख घिमिरे बिच भेटघाट |
मुख्य समाचार
राजा खानद्वारा मस्जिदलाई एक लाख सहयोग | स्ववियुलाई स्वतन्त्रतापुर्वक गतिशिलता प्रदान गर्न नेपालगन्ज नर्सिङ क्याम्पसको अध्यक्षमा निर्वाचित भएको अधिकारीको भनाई | नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा अनेरास्ववियुका शाह प्यानलसहित विजयी | संविधान संशोधनअघि बृहत् समीक्षा गरौँ: अध्यक्ष दाहाल | प्रहरी महानिरीक्षकद्वारा पद बहाली, देशको शान्ति सुरक्षा प्रमुख प्राथमिकता | नेपाल प्रहरीको ३१ औं प्रमुखमा दिपक थापा नियुक्त | बाँके प्रहरीद्वारा ट्राफिक कारबाहीमा २९ लाख राजश्व सङ्कलन | राजा खानद्वारा शैक्षिक सहयोग तथा शौचालय निर्माणको शुभारम्भ | धार्मिक भातृत्वका लागि नेपालगञ्जमा सामुहिक रोजा इफ्तार सम्पन्न | गैसस महासङ्घ नेपालका नवनिर्वाचित पदाधिकारी र सभामुख घिमिरे बिच भेटघाट |


मुस्लिम समुदायको बालिकाहरुको शिक्षामा पहुच बढदै

महमूद आलम खान 1131+ समाचार ( )
नेपालगन्ज कन्या माविमा अध्ययनरतमध्ये ८० प्रतिशत बालिका मुस्लिम समुदायका छन् 
१३ वैशाख २०७९, मङ्गलबार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–४ सल्यानीबागस्थित आधारभूत विद्यालयलाई कुनै वेला सयजना विद्यार्थी पाउन मुस्किल थियो । शैक्षिक सत्र सुरु हुनुअघि हरेक वर्ष विद्यार्थी भर्ना अभियान सञ्चालन हुने गरे पनि गुणस्तरीय शिक्षा नभएको भन्दै अभिभावकले बालबालिका भर्ना गर्न रुचाउँदैनथे । भर्ना भएका विद्यार्थी पनि नियमित रूपमा विद्यालय आउँदैनथे । घरदैलोमा पुग्दासमेत विद्यार्थी नपाउँदा शिक्षक–शिक्षिका हैरान हुन्थे । प्रधानाध्यापक बुधेशकुमार जयसवालले विगत सम्झिए, ‘विद्यार्थी नपाएर विद्यालय सञ्चालनमा समस्या थियो । कक्षा मर्ज गरेर पठनपाठन गराउनुपर्ने बाध्यता थियो । विद्यार्थी खोज्न जाँदा अभिभावकले मुख बटार्थे ।’ शैक्षिक सत्र २०७४–०७५ मा बाल विकासदेखि कक्षा ८ सम्म पढाइ हुन्थ्यो । विद्यार्थी थिए जम्मा ९० जना । अहिले उक्त विद्यालयमा पाँच सय ८५ जना विद्यार्थी भर्ना छन् । अर्धवार्षिक परीक्षामा चार सय ७७ जना सहभागी भएको प्रधानाध्यापक जयसवालले बताए । 

विद्यार्थी नपाउने समस्या भएपछि नेपालगन्ज उपमहानगरपालिकाले उक्त विद्यालयलाई कन्या मावि बनाउने निर्णय गर्‍यो । त्यसका लागि पूर्वाधार निर्माण गर्ने र सुधारका लागि विज्ञ नियुक्त गर्ने निर्णय नगर कार्यपालिकाले पारित पनि गर्‍यो । ‘नेपालगन्जमा कन्या माविको आवश्यकता महसुस गरी उक्त विद्यालयको नाम नेपालगन्ज कन्या माध्यमिक विद्यालय नामकरण गर्‍यौँ,’ उपमेयर उमा थापा मगरले भनिन्, ‘कन्या मावि बनाएपछि विद्यार्थीको संख्या त बढेको छ नै, शैक्षिक सुधारसमेत भएको छ ।’ विद्यालयको शैक्षिक सुधारका लागि उपमहानगरले धम्बोझी माविकी पूर्वप्रधानाध्यापक किरण आचार्यलाई विज्ञको रूपमा नियुक्त गर्‍यो । आचार्यले विद्यालय सुधारका लागि योजना बनाइन् । सोही योजनाअनुसार नगरपालिकाले विद्यालयका प्रधानाध्यापक र शिक्षकलाई परिचालन गर्‍यो । त्यसपछि विद्यार्थी नपाएर फुर्सदिला शिक्षक अध्ययन अध्यापनमा व्यस्त हुन थाले । 

विद्यार्थीलाई आकर्षित गर्न पहिलो चरणमा उपमहानगरले विद्यार्थीलाई हरेक महिना एक लिटर खाने तेल वितरण गरेको उपमेयर थापाले बताइन् । उनले भर्ना भएका विद्यार्थीलाई नियमित रूपमा विद्यालय ल्याउन साइकल वितरण गरेको बताइन् । ‘साइकल चलाउन सक्ने कन्यालाई साइकल र सानालाई झोला वितरण गर्‍यौँ,’ उनले भनिन् । व्यावहारिक शिक्षाका लागि विद्यालयले छात्रालाई कपडा सिउने सीप दिन थालेको छ । प्रोजेक्टरबाट शिक्षा दिनुका साथै पुस्तकालयको समेत व्यवस्था गरेको छ । ‘कन्या मावि स्थापना गरेपछि खाली समयमा शिक्षकहरू पाठ्यसामग्री निर्माण गर्छन् भने विद्यार्थीले पुस्तकालयमा गएर अतिरिक्त ज्ञान लिने गरेका छन्,’ प्रधानाध्यापक जयसवालले भने । 

उक्त विद्यालय ७ फागुन ०२५ मा तत्कालीन राजा महेन्द्रले उद्घाटन गरेका थिए । पुरानो विद्यालय भए पनि मधेसी र मुस्लिम समुदायको बाक्लो बस्ती भएकाले बालिका विद्यालय जान सकिरहेका थिएनन् । उपमहानगरले कन्या माविको रूपमा सञ्चालन गरी शिक्षामा सुधार ल्याएपछि विद्यार्थीको संख्या ह्वात्तै बढेको विज्ञको रूपमा रहेकी आचार्यले बताइन् । ‘इतिहासमै नचलेको विद्यालय हो, त्यसलाई सुधार गर्न सकिँदैन, तिमी त्यहाँ काम गर्न नजाऊ भनेर मेरा पति डा. जनार्दन आचार्य र नेपालगन्जका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले सुझाब दिनुभयो,’ उनले भनिन्, ‘मैले जहाँ समस्या त्यहाँ अवसर हुन्छ भनेर सुधारका लागि जिम्मेवारी लिएँ, अहिले सुधार भएको देख्दा खुसी लाग्छ ।’

नेपालगन्ज कन्या माविमा अध्ययनरतमध्ये ८० प्रतिशत बालिका मुस्लिम समुदायका छन् । सानोदेखि ठूलो कक्षामा अध्ययनरत धेरैजसो मुस्लिम समुदायका बालिका रहेको शिक्षिका गोमा पोखरेलले बताइन् । उनले कक्षा ६ मा ४६ जना विद्यार्थीमध्ये ३६ जना मुस्लिम समुदायका भएको जानकारी दिइन् । फाटफुट रूपमा मधेसी, थारू र अन्य समुदायका भए पनि अधिकांश मुस्लिम समुदायका बालिका अध्ययनरत छन्,’ उनले भनिन् । 

उनले मुस्लिम समुदायमा आफ्ना छोरीलाई सुरक्षित राख्ने संस्कार भएकाले कन्या मावि भएपछि छोरीलाई विद्यालय पठाउन थालेको बताइन् । छोरीहरूलाई घरबाहिर निस्किन नदिने र केटाहरूबाट टाढा राख्ने संस्कार अहिले पनि भएको बताउँदै उनले कन्या मावि सञ्चालनमा आएपछि आफ्ना छोरीहरू सुरक्षित हुने विश्वास अभिभावकमा जागेको बताइन् । कन्या मावि स्थापना भएपछि छोरीहरू सुरक्षित हुने भएकाले विद्यालय पठाएको नेपालगन्ज उपमहानगरपालिका–४, देवाफुलबारीका मोहम्मद सकिल अन्सारीले बताए । उनकी छोरी कक्षा ८ मा अध्ययनरत छिन् । ‘छोरीहरूलाई खुला छोड्न हाम्रो संस्कारले दिँदैन । केटाकेटी सँगै पढ्ने विद्यालयमा छोरीलाई पढ्न पठाउनु हाम्रो समुदायमा राम्रो मानिँदैन । कन्या मावि सञ्चालनमा आएपछि निर्धक्क भएर विद्यालय पठाउँछौँ,’ उनले भने ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार