मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

नरैनापुर गाँउपालिका अध्यक्ष शाहद्वारा कृष्ण जन्माष्टमीको शुभकामना व्यक्त

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
भगवान् श्रीकृष्ण जन्मनु भएको पावन दिनको सम्झनामा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नरैनापुरका दिदीबहिनी तथा दाजुभाइहरूमा नरैनपुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले सुख, शान्ति एवम् समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ।
२ भाद्र २०७९, बिहीबार

बाँके । भगवान् श्रीकृष्ण जन्मनु भएको पावन दिनको सम्झनामा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नरैनापुरका दिदीबहिनी तथा दाजुभाइहरूमा नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले सुख, शान्ति एवम् समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ।

श्रीकृष्णजन्माष्टमी पर्वका अवसरमा अध्यक्ष शाहले यस पर्वले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त हाम्रो समाजलाई एकताको सूत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता तथा सद्भाव कायम गर्न सहयोग पुर्‍याएको बताउनु भयो । 

भाषा, धर्म, कला, संस्कृति, परम्परा तथा रीतिरिवाज नेपालको सभ्यता र सम्पन्नताका सूचक हुन् भन्दै उहाँले हामी सम्पूर्ण नेपालीले यसलाई जोगाउन आ आफ्नो स्थानबाट सद्भाव, सद्विचार र सत्कर्मका माध्यमबाट चीरकाल पर्यन्त अक्षुण्ण राख्न सकौं र आपसमा प्रेम र मैत्री भावना जागृत गरी मनुष्य जन्म सफल पार्न सकौँ भन्ने सबैमा शुभकामना व्यक्त गर्नु भयो ।

यसैबीच भाद्र कृष्ण अष्टमीका दिन आज भगवान् श्रीकृष्णको जन्म दिन मनाइँदै छ । द्वापर युगमा भारतको मथुरामा श्रीकृष्णको जन्म भएको शास्त्रमा वर्णित छ । पिता वासुदेव र माता देवकीको कोखबाट यसै दिन जन्म भएका भगवान् श्रीकृष्ण ज्ञान, कर्म र भक्ति योगका संस्थापकका रूपमा मानिन्छ ।

‘धर्तीमा दुष्ट र पापीको अत्याचार रहँदा म पुनः धर्तीमा आउने छु र धर्मको उत्थान गर्नेछु,’ भन्ने उद्घोषलाई मनन गर्दै कृष्णाष्टमी मनाउने गरिन्छ । भगवान् श्रीकृष्णको बाल्यकालको बाल सुलभता, गोपिनीसँगको प्रेम स्नेह र बाँसुरीको धुनद्वारा सबैलाई मोहित गराउने प्रेमगाथालाई उहाँका भक्तजनले आजसम्म अल्हादित हुँदै संस्मरण गर्दै आएका छन् । कृष्ण प्रणामी, कृष्णभक्तको अन्तर्राष्ट्रिय संस्था इस्कोनले विश्वभर नै आफ्नो संस्थामा भव्यताका साथ जन्माष्टमी मनाउँदै आएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार