मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

बाँकेमा निर्वाचनको ९० प्रतिशत तयारी पुरा

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
१५ फाल्गुन २०८२, शुक्रबार

बाँके । बाँके जिल्लामा आगामी निर्वाचनका लागि २ हजार ९३० अस्थायी मतदाता कायम गरिएको छ। जिल्ला निर्वाचन कार्यालय बाँकेले आज शुक्रबार आयोजना गरेको ‘निर्वाचन र आमसञ्चार’ विषयक अन्तरक्रिया कार्यक्रममा उक्त जानकारी सार्वजनिक दिएको हो ।

कार्यालय प्रमुख टेकबहादुर शाहीका अनुसार अस्थायी मतदाताका लागि जिल्लामा तीन वटा अस्थायी मतदान केन्द्र निर्धारण गरिएको छ। निर्वाचन क्षेत्र नं. १ अन्तर्गत बैजापुरस्थित नौवस्ता कारागार, निर्वाचन क्षेत्र नं. २ अन्तर्गत बाँके कारागार र कर्मचारीहरूका लागि रामलिला मैदानमा अस्थायी मतदान केन्द्र तोकिएको छ ।

अस्थायी मतदाताले तोकिएका केन्द्रबाट समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत मतदान गर्न पाउने व्यवस्था छ । नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा सरकारको स्वामित्व र नियन्त्रणमा रहेका संस्थामा कार्यरत कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कारागारमा रहेका थुनुवा वा कैदी तथा वृद्धाआश्रममा आश्रित व्यक्तिलाई अस्थायी मतदाताको रूपमा समेटिएको कार्यालयले जनाएको छ।

प्रमुख शाहीले निर्वाचनको सबै तयारी पूरा भइसकेको जानकारी दिँदै शनिबारदेखि सबै निर्वाचन क्षेत्रमा सामग्री पठाउने काम सुरु हुने बताउनुभयो । “अब करिब १० प्रतिशत काम बाँकी छ। जिल्लाका तीनै निर्वाचन क्षेत्रमा निर्वाचन सामग्री पठाउने कार्य १७ गतेसम्म जारी रहनेछ,” उहाँले भन्नुभयो । मतदान अधिकृत तथा सहायक मतदान अधिकृतको तालिमसमेत सम्पन्न भइसकेको छ।

जिल्लामा १३९ मतदानस्थल र ४०० मतदान केन्द्र कायम गरिएको छ। कुल मतदाता संख्या ३ लाख ५० हजार ३७१ रहेकोमा महिला १ लाख ७२ हजार २२३, पुरुष १ लाख ७८ हजार ३३९ र अन्य ९ जना मतदाता रहेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार