मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

भागबन्डा नमिल्ने संकेतपछि एमालेसँग आन्तरिक छलफलमा सत्तारुढ दल

महमूद आलम खान 1132+ समाचार ( )
गोरखामा चुनावी तालमेलका लागि कांग्रेस सभापति नन्दप्रसाद न्यौपानेको संयोजकत्वमा बनेको जिल्लास्तरीय संयन्त्रको बैठक १८
६ वैशाख २०७९, मङ्गलबार

गोरखा । गोरखामा चुनावी तालमेलका लागि कांग्रेस सभापति नन्दप्रसाद न्यौपानेको संयोजकत्वमा बनेको जिल्लास्तरीय संयन्त्रको बैठक १८ चैतदेखि औपचारिक रूपमा ६ पटक बसिसक्यो । तर, पटकपटक बसेको बैठकले सिट बाँडफाँटमा सहमति जुटाउन नसक्दा विनानिष्कर्ष बैठक टुंगिने गरेको छ ।

भागबन्डाको विषयमा कुरा नमिल्दा सत्तारुढ दलबीच चुनावी तालमेल हुने सम्भावना न्यून बन्दै गएको संयन्त्रका जिल्लास्तरीय नेताहरु बताउँछन् । ११ स्थानीय तहमध्ये नौ पालिका प्रमुख जितेको नेपाली कांग्रेसले यसअघि विजयी भएका नौवटै पालिका दाबी गर्दै आएको छ ।

दुई नगरपालिकासहित ११ वटा स्थानीय तह रहेको गोरखामा कांग्रेसले अघिल्लो चुनावमा जितेको नौ पालिकामा अडान छाडेको छैन । हाल दुई पालिकाको नेतृत्व सम्हालिरहेको माओवादीले जिल्ला समन्वय समितिको प्रमुखसहित पाँच पालिका पाउनुपर्ने अडान राखेको छ ।

यस्तै, जसपाले अहिले पालुङटार नगरपालिकासहित तीन ओटा पालिका पाउनुपर्ने माग राखेको छ । गठबन्धनको मर्म र भावनाअनुरूप सहअस्तित्वको आधारमा कम्तीमा एक पालिका प्रमुख पाउनुपर्ने एकीकृत समाजवादीले बताउँदै आएको छ ।

यद्यपि पटकपटक बैठक बसे पनि सबै दल आ–आफ्नो अडानबाट पछाडि नहट्दा चुनावी तालमेलको सम्भावना न्यून हुँदै गएको हो । ‘सबै दलहरूको अडान कायमै छ । कुनै दल लचिलो हुने, कम्प्रमाइज गर्ने जस्तो संकेत नै देखिँदैन । सबैले आफ्नो अडान कायमै राखेपछि त कसरी गठबन्धन हुन्छ त ?’, सत्तारुढ दलका एक नेताले भने ।

भागबन्डामा सहमति जुट्ने संकेत नदेखिएपछि सत्तारुढ दलका नेताहरू गठबन्धन तोडेर एमालेसँग तालमेल गर्ने विषयमा आन्तरिक छलफल गर्न थालेका छन् । कांग्रेस, माओवादी, जसपाका जिल्लास्तरीय नेताहरू गठबन्धनमा भागबन्डाको कुरामा सहमति नजुटेपछि विकल्पको रूपमा एमालेसँग आन्तरिक छलफलमा बस्न थालेका हुन् ।

चुनावी तालमेल र सहकार्यका विषयमा सत्तारुढ दलका नेताहरू आफूहरूसँग निरन्तर आन्तरिक छलफलमा बसिरहेको एमालेका जिल्ला अध्यक्ष प्रेम गुरुङ बताउँछन् ।

‘हामी सँग चुनावी सहकार्य गर्ने, तालमेल गर्ने विषयमा सबै दलहरूसँग छलफलमा बसिरहेका छौँ । उहाँहरूबीच खटपट चलिरहेकै छ । हामीसँग जनताको भावना र मर्म बुझेर विकास र समृद्धिको यात्रामा सहकार्य गर्न यदि कुनै दल तयार हुन्छन् भने हामी तालमेल गर्न तयार नै छौँ’, अध्यक्ष गुरुङले भने ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार