मुख्य समाचार
पैसाकै कारण उपचार रोकिनु हुँदैन” सांसद खगेन्द्र सुनार | नेपालगञ्जमा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने | नरैनापुरमा भीषण आगलागी: १० घर खरानी, विवाहको घर शोकमा | बाँकेमै पहिलो उपलब्धि: जानकी–१ ‘पूर्ण खोप सुनिश्चित वडा’ घोषणा, खोप अभियानमा ऐतिहासिक सुरुवात | पूर्वविशिष्टहरूले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने | तीन तहबीच अधिकार बाँडफाँट नहुँदा संघीयता बदनाम भयोः देवराज चालिसे | गुणस्तरीय पोषण सेवा प्रवाहका लागि नरैनापुरका स्वास्थ्यकर्मीलाई तालिम | अधिवक्तामाथि कुटपिट र दुर्व्यवहारः दोषीमाथि कडा कानुनी कारबाहीको माग | बर्दियाको ठाकुरबाबामा युवा उद्यमशीलता प्रवद्र्धनका लागि कार्यशाला | १५ दिनभित्र फोहोर व्यवस्थापन गर्न जानकी गाउँपालिकाको कडा निर्देशन |
मुख्य समाचार
पैसाकै कारण उपचार रोकिनु हुँदैन” सांसद खगेन्द्र सुनार | नेपालगञ्जमा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने | नरैनापुरमा भीषण आगलागी: १० घर खरानी, विवाहको घर शोकमा | बाँकेमै पहिलो उपलब्धि: जानकी–१ ‘पूर्ण खोप सुनिश्चित वडा’ घोषणा, खोप अभियानमा ऐतिहासिक सुरुवात | पूर्वविशिष्टहरूले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने | तीन तहबीच अधिकार बाँडफाँट नहुँदा संघीयता बदनाम भयोः देवराज चालिसे | गुणस्तरीय पोषण सेवा प्रवाहका लागि नरैनापुरका स्वास्थ्यकर्मीलाई तालिम | अधिवक्तामाथि कुटपिट र दुर्व्यवहारः दोषीमाथि कडा कानुनी कारबाहीको माग | बर्दियाको ठाकुरबाबामा युवा उद्यमशीलता प्रवद्र्धनका लागि कार्यशाला | १५ दिनभित्र फोहोर व्यवस्थापन गर्न जानकी गाउँपालिकाको कडा निर्देशन |


धनियाघाटस्थित बैकुण्ठधाम निर्माण गर्नका लागि सचिवालय स्थापना

यूथ टुडे समाचारदाता 3333+ समाचार ( )
११ भाद्र २०८१, मङ्गलबार

बाँके ११ भाद्र । नेपालगञ्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त विष्टले सिधनियाघाटस्थित बैकुण्ठधाम निर्माण गर्नका लागि सबै पक्षको सहयोग आवश्यक रहेको बताएका छन् ।

नगरप्रमुख विष्टले सोमबार नेपालगञ्जमा बैकुण्ठधाम आध्यात्मिक महोत्सव मूल समारोह समितिको सचिवालय उदघाटन गर्दै भने, “नेपालगञ्ज मात्रै नभएर बाँकेका अधिकांश स्थान र बाहिरी जिल्लाका समेत व्यक्तिको मृत्युपश्चात् अन्त्येष्टि गरिँदै आएको राप्ती नदीस्थित सिधनियाघाटमा बैकुण्ठधाम निर्माणमा सबैको सहयोग हुनु आवश्यक छ ।”

नगरप्रमुख विष्टले राप्ती नदी किनारामा निर्माण हुन लागेको बैकुण्ठधामलाई आफ्नो व्यक्तिगत तथा उपमहानगरको तर्फबाट सक्ने सहयोग समेत गर्ने प्रतिबद्धता जनाए । “खासमा त्यहाँ आवश्यक जग्गा प्राप्ति लगायतका कामहरू स्थानीय सरकारले गर्नुपर्ने र स्थानीय सरकारको दायित्व पनि हो, तर निजी क्षेत्रबाट पहल हुनु सराहनीय कार्य हो ।” उनले भने, “जग्गा प्राप्तिका लागि खासै केही सहयोग गर्न नसकेपनि त्यसको डिपिआर गर्दा लाग्ने खर्च सबै उपमहानगरबाट व्यवस्थापन गर्नेछु ।”

नगरप्रमुख विष्टले बैकुण्ठधाम निर्माणका लागि आफ्नो व्यक्तिगत तर्फबाट ५१ हजार रुपैयाँ सहयोग गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे । बैकुण्ठधाम निर्माणले गति लिन सुरु गर्दैगर्दा केही व्यक्तिहरूले सामाजिक सञ्जालबाट नकारात्मक धारणा व्यक्त गर्न लागेको भन्दै उनले त्यसो गर्न नहुने बताए ।

“सामाजिक सञ्जालबाट पछिल्ला केही दिनहरूमा नकारात्मक टिका टिप्पणीहरू आउन सुरु भएको छ, यो गलत हो, बैकुण्ठधाम हामी सबैको हो, सबै जना एकदिन त्यही बाटो भएर जाने हो, काम सुरु नहुँदै नकारात्मक धारणा राख्नुहुँदैन ।” उनले भने, “अन्त्येष्टि स्थल सबैको साझा हो, सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्छ, तपाईँ सबैले यसका बारेमा सकारात्मक धारणा राख्नुहोस् ।”

बैकुण्ठधाम आध्यात्मिक महोत्सव मूल समारोह समितिका अध्यक्ष डा.सुरेशकुमार कनोडियाले सिधनियाघाटमा बैकुण्ठधाम निर्माणका लागि सहयोग जुटाउन बैकुण्ठधाम आध्यात्मिक महोत्सवको आयोजना गरिएको भन्दै यसमा सबैको अमूल्य सहभागिता, सहयोग र सुझावको खाँचो रहेको बताए । महोत्सव सफल पार्नका लागि मूल समारोह समितिसहित केही उपसमितिहरू निर्माण भइसकेको र केही उपसमितिहरू निर्माण गर्ने क्रममा रहेको जानकारी दिए ।

सिधनियाघाटमा बैकुण्ठधाम निर्माणका लागि करिब तीन बिगाहा जमिनको आवश्यकता पर्ने बताउँदै उनले हालसम्म करिब १६ कट्ठा जमिन प्राप्ति गरिसकेको बताए । सबैको सहभागिता र सबैको अपनत्व हुनेगरी सबैलाई समेट्ने प्रयास गरिरहेको उनले जानकारी दिए ।

स्थानीय नागरिक, सरकारका सरोकारवाला निकायहरू, स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकार सबैको सहयोग र समन्वयको खाँचो रहेको भन्दै अध्यक्ष कनोडियाले जग्गा प्राप्ति र डिपिआरसम्म गर्दा करिब २० करोड रुपैयाँको आवश्यक पर्ने बताए ।

डुडुवा गाउँपालिका वडा नं. ५ का अध्यक्ष झङ्कबहादुर थापाले सिधनियाघाटमा कुनैपनि भौतिक संरचनाहरू नहुँदा मलामीहरूले अत्यन्तै दुःख र कष्ट व्यहोर्नु परेको भन्दै अब भौतिक संरचना बनेपश्चात् कष्ट व्यहोर्नु नपर्ने बताए । उनले भारतका विभिन्न स्थानका घाटहरूमा व्यवस्थित शव दाह गृहहरू रहेको र आफ्नो ठाउँमा नहुँदा मलामीहरूले दुःख पाइरहेको अवस्थामा व्यवस्थित बैकुण्ठधाम निर्माण हुन लागेकाले सबैले सहयोग गर्नुपर्ने बताए ।

बाँकेको डुडुवा गाउँपालिका वडा नं. ५ मा पर्ने राप्ती नदीस्थित सिधनिया घाटमा व्यस्थितरुपमा ब्रम्हनाल, धारा, प्रतीक्षालय, काठ गोदाम, पूजा सामग्री पसल, शौचालय, किरियापुत्री घर, मन्दिर, पार्क, उद्यानसहितको बैकुण्ठधाम निर्माणका लागि सहयोग जुटाउन आयोजक बैकुण्ठधाम सिधनियाघाट व्यवस्थापन समितिले आगामी कात्तिक २२ देखि ३० गतेसम्म महायज्ञसमेत गर्न लागेको छ । महायज्ञ महोत्सवमा वाचन शिरोमणि पण्डित दिनबन्धु पोखरेलले वाचन–प्रवचन गर्ने बताइएको छ ।

सोमबार कृष्ण जन्माष्टमीको अवसर पारेर नेपालगञ्जमा आयोजकले बैकुण्ठधाम आध्यात्मिक महोत्सव मूल समारोह समितिको सचिवालयको कार्यालय उदघाटन गरेको हो । नेपालगञ्ज महानगरपालिकाका प्रमुख विष्टले सचिवालयको उदघाटन गर्नुभएको हो । प्रमुख विष्टले दीप प्रज्वलन गरेर सचिवालयको उदघाटन गर्दा पण्डित गुरुबाट विधिवत् रूपमा मन्त्र उच्चारण गरिएको थियो ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार