मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

नरैनापुरमा पाठेघरको क्यान्सर परीक्षण सम्बन्धी शिविर सम्पन्न

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
स्वास्थ्य कार्यालय बाँकेको आयोजना र नरैनापुर गाँउपालिकको समन्वयमा महिलाको स्तन, मुख र पाठेघरको मुखको क्यान्सर परीक्षण सम्बन्धी निःशुल्क शिविर भएको छ ।
८ असार २०८०, शुक्रबार

नरैनापुर, ८ असार । स्वास्थ्य कार्यालय बाँकेको आयोजना र नरैनापुर गाँउपालिकको समन्वयमा महिलाको स्तन, मुख र पाठेघरको मुखको क्यान्सर परीक्षण सम्बन्धी निःशुल्क शिविर भएको छ । 

महिलाहरुमा पाठेघरको मुखको क्यान्सर बढ्दै जान थालेपछि समयमै पहिचान गरी क्षति कम गर्न सहज होस् भन्ने उद्देश्यले नरैनापुर ५ मटेहिया स्वास्थ्य चौकीमा शिविर सम्पन्न भएका हेल्थ असिस्टेन्ट अमन चौधरीले जानकरी दिनु । 

मटेहिया स्वास्थ्य चौकीका इन्चार्ज प्रेम बुढाको अध्यक्षतामा सम्पन्न भएको शिबिरमा शुक्रबार नरैनापुर वड़ा नं ५ मटेहियाका १५४ जनाले निशुल्क स्वास्थ्य परिक्षण गराएको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत बिष्णु श्रेष्ठले जानकारी दिनु भयो ।

पाठेघरको मुखको क्यान्सर सम्बन्धी उपचार कार्यक्रममा स्त्रीरोग बिशेषज्ञ कल्पना थापाले पाठेघरको मुखको क्यान्सरले पछिल्लो समय धेरै महिलाको ज्यान लिने गरेको पाइएको बताउदै सानै उमेरमा धेरै सन्तान जन्माउँने, खानपान र सरसफाईमा ध्यान नदिने र धेरैजनासँग असुरक्षित यौन सम्पर्क र रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरुमा पाठेघरको क्यान्सरको जोखिम बढी हुने गरेकोे बताउनु भयो भएको थियो ।

शिविरमा १५४ जनाको पाठेघर परीक्षण गरिएको स्वास्थ्य कार्यालय बाँकेकि अधिकृत दुर्गा गौतमले बताउनु भयो । तीमध्ये ६ जनामा क्यान्सर ‘पोजिटिभ’ र १३ जना महिलामा पाठेघर खस्ने समस्या देखिएको छ । 

यस्तै शिविरमाभिआईए.(दृष्य निरीक्षण कार्य) विधिबाट पाठेघरको मुखको क्यान्सर सम्बन्धी सम्भावनाको जाँचगर्दा भविष्यमा ८ देखि १० प्रतिशत महिलामा पछि गएर क्यान्सर हुन सक्ने सम्भावना देखिएकाले शिविरकै क्रममा सजगता अपनाउन सुझाव दिएको मटेहिया स्वास्थ्य चौकीका सि.अनमी निर्मला बोहराले बताउनु भयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार