मुख्य समाचार
पाँच पुस्ताको अन्याय: देविराम तिमिल्सिना नागरिकता विहीन | सङ्गीत स्वर सरगम आधारभुत ज्ञान पुस्तक बिमोचन | उपाधि जितेकामा क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाई | संघीय निजामती विधेयकमा भएको तोडमोडबारे छानविन गर्न विशेष संसदीय समिति गठन हुने | किसानलाई ७०% अनुदानमा कृषि औजार वितरण, उत्पादनमा ठूलो फड्कोको आशा | बिदेश जाने युवालाई सीप सिकाउन खुल्यो एमएसभी ग्लोबल ट्रेनिङ सेन्टर | ‘प्रधानमन्त्रीकाे स्पेन भ्रमण देशको हित र कल्याणका लागि अत्यन्तै महत्वपूर्ण’ | गाउँपालिका अध्यक्षसहित नौ जनाविरुद्ध ३१ लाखको भ्रष्टाचार मुद्दा | बाँकेको बैजनाथमा जिल्लामै पहिलो ई-पालिका सेवा सुरु | रास्वपाले संसदीय छानबिन समिति गठनको माग गर्ने |

विश्व च्याम्पियन बनेका गुप्ता र बाडियालाई गृह जिल्ला बाँकेमा स्वागत

यूथ टुडे समाचारदाता 2738+ समाचार ( )
८ श्रावण २०८१, मङ्गलबार

बाँके। काजकस्थानमा सम्पन्न भएको एघारौँ अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ च्याम्पियनसिपमा नेपालले स्वर्ण पदक प्राप्त गरेको छ । १५ जुलाईदेखि १९ जुलाईसम्म सञ्चालन भएको स्ट्रेन्थ लिफ्टिङ प्रतियोगिता अन्तर्गत बेन्च प्रेसतर्फ विश्वभरका खेलाडीहरूलाई पछि पार्दै केदारेश्वर मान स्थापितले स्वर्ण पदक प्राप्त गर्नु भएको थियो भने मोहित गुप्ताले १ सिल्बर र १ ब्रोंज प्राप्त गरी विजय हुनु भएको थियो । 

अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ च्याम्पियनसिपमा नेपालको लागि पदक जितेर फर्किने क्रममा भारतका लागि नेपाली दूतावासले सोमबार एक कार्यक्रमकाबीच स्वर्ण पदक प्राप्त गरेका खेलाडीहरू केदारेश्वर मान, मोहित गुप्ता, सानु कान्छा लामा, अमर लामा, अमृता खडका शेर्पा र करण बाडियालाई राजदूत शङ्कर प्रसाद शर्मा, नियोगका उपप्रमुख सुरेन्द्र थापा, महासेनानी प्रकाश लामिछाने, वरिष्ठ प्रहरी उपरिक्षक उमा चतुर्वेदी लगायतले सम्मान गरेको थियो ।

प्रतियोगितामा नेपालबाट गएको टिमले करिब ११ वटा पदक प्राप्त गरेको पद विजेता मोहित गुप्ताले बताउनु भयो । पदक जितेर गृह जिल्ला नेपालगन्ज फर्किए पछि नेपालगन्जबासीले नेपालगन्ज जमुनहा सीमा नाकामा सम्मान गरेका थिए ।

नेपालका लागि ठूलो मात्रामा पदक सुरक्षित गरी राष्ट्रको इज्जतलाई संसारभर उच्च पङ्क्तिमा राख्न सफल भएतापनि अधिकांश खेलाडीले आफ्नै खर्चमा प्रतियोगितामा भाग लिएको मोहित गुप्ताले बताउनु भयो । उहाँले भन्नुभयो, “आशा गरौँ अन्तर्राष्ट्रिय स्तरमा राष्ट्रिय गौरवलाई उच्च राख्दै चन्द्र सूर्य अंकित झण्डा फहराउने हामी खेलाडीहरूलाई नेपाल सरकारले न्यायपूर्ण रूपमा सम्बोधन गर्ने छ ।”

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार