मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

२७ वर्षदेखि भोगचलन गर्दै आएको जग्गा वडा अध्यक्षले भत्काए पछि गरिबको बिचल्ली

महमूद आलम खान 1132+ समाचार ( )
नेकपा एमालेका नेता सत्यनारायण बर्मा, नेकपा माओवादी केन्द्रका नेता जगदीशबहादुर सिंहले स्थलगत अवलोकन गर्दै मानव अधिकारको हनन् भएको बताउदै पिडितहरुलाई पुर्नस्थापना गर्न माग गरेका छन् ।
१८ फाल्गुन २०७८, बुधवार

बाँके । बाँकेको डुडुवा गाउँपालिका वडा नं २ का अध्यक्ष रिखिराम कैरातीले २७ वर्षदेखि भोगचलन गर्दै आएको जग्गामा बनाएका ६ वटा घर डोजर लगाएर भत्काइदिएको पिडितहरुले बताएका छन् ।

डुडुवा गाउँपालिका २ रामनगर पाँझाका सुन्दरलाल लोनिया, लक्षिराम लोनिया, शालिकराम लोनिया, बराती लोनिया, धनीराम चाई, माताप्रसाद गोडिया लगायतका ६ घर जेसीबी लगेर एक्कासी बलपूर्बक भत्काइदिएको एमालेका नेता सत्य नारायण वर्माले जानकारी दिनु भयो ।

वडा अध्यक्ष रिखिराम कैयरातीको नेतृत्वमा घर भत्काएर दुई टेक्क्टर काठ समेत लोड गरेर लगेको पीडित परिवारले जानकारी दिए ।

यो जग्गा उनीहरुले ०५१/५१ सालदेखि नै भोग चलन गर्दै आएका छन् । साबिकको बेतहनी गाउँ विकास समितिले ऐलानी रसिद दिएको थियो। वडा अध्यक्ष कैरातीले भत्काइएको पिडितहरुले बताएका छन् । वडा सदस्य विनोद लोनिया र इज्दुदिन खानले गरीबको घर भत्काएर सास्ती दिएको भन्दै दुःख व्यक्त गरेका छन् । मंगलबार घर भत्काइएको क्षेत्रको नेकपा एमालेका नेता सत्यनारायण बर्मा, नेकपा माओवादी केन्द्रका नेता जगदीशबहादुर सिंहले स्थलगत अवलोकन गर्दै मानव अधिकारको हनन् भएको बताउदै पिडितहरुलाई पुर्नस्थापना गर्न माग गरेका छन् ।

सुन्दरलाल लोनियाको २ बिघा १५ कठ्ठा जग्गामा जनप्रतिनिधिहरुले २०७४ सालमा जबरजस्ती १४ जनालाई घर निर्माण गर्न लगाएका थिए । बाकी रहेको जग्गामा घर निर्माण गरे पनि अहिले फेरि घर जबरजस्ती सत्ताको बलमा घर भत्काइएको पिडितहरुले बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार