मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

अमेरिकन पुस्तकालयमा नेपाली पुस्तक

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
युलेसको मेरी लिब सलेह युलेस पब्लिक लाइब्रेरीमा आयोजित एक कार्यक्रममा करिब १०० ओटा पुस्तक प्रदान गरिएको हो । स्रस्टा साँझ अमेरिकाका संस्थापक प्रभात दीक्षितको अगुवाइ र युलेस सिटीका काउन्सिलर टीका पौडेलको व्यवस्थापनमा सो कार्यक्रमको आयोजना गरिएको हो ।
२१ चैत्र २०७९, मङ्गलबार

अमेरिका(टेक्सस) - स्रस्टा साँझ अमेरिकाले युलेस सिटी पब्लिक लाइब्रेरीलाई उपहारस्वरूप पुस्तक हस्तान्तरण गरेको छ । युलेसको मेरी लिब सलेह युलेस पब्लिक लाइब्रेरीमा आयोजित एक कार्यक्रममा करिब १०० ओटा पुस्तक प्रदान गरिएको हो । स्रस्टा साँझ अमेरिकाका संस्थापक प्रभात दीक्षितको अगुवाइ र युलेस सिटीका काउन्सिलर टीका पौडेलको व्यवस्थापनमा सो कार्यक्रमको आयोजना गरिएको हो ।

अब सो पुस्तकालयमा एउटा छुट्टै नेपाली सेक्सन बनाएर नेपाली समुदायबाट प्राप्त पुस्तक राखिने लाइब्रेरी को-अर्डिनेटर सेरीले जानकारी दिइन् । यसैगरी, सिटी मेनेजर लोरेट्टाले ‍नेपाली समुदायको यो कार्यले पुस्तकालय र नेपाली समुदायसँगको सम्बन्ध अझ नजिक बनेको बताइन् । साथै, आगामी दिनमा यस्तै सहयोगको अपेक्षा राखेको लोरेट्टाले बताइन् । यसैगरी, युलेस सिटीको प्रमुख सार्वजनिक पुस्तकालयमा नेपाली शाखा विस्तार गरिनु नेपाली समुदायको महत्वपूर्ण उपलब्धि तथा सुनौलो अवसर भएको सिटी काउन्सिलर टीका पौडेलले बताए । काउन्सिलर पौडेलका अनुसार सो पुस्तकालय ६ मिलियन डलर लागतमा सुविधासम्पन्न पुस्तकालयको रुपमा पुनःनिर्माण गरिएको हो । नेपाली समुदायको स्तरोन्नति एवम् अमेरिकन समुदायबीच सहज पहुच बनाउन आवश्यक रहेको हुँदा अब नेपाली समुदायलाई लक्षित कार्यक्रमलाई प्राथमिकता दिँदै आएको पौडेलको भनाइ थियो । 

 करिब १० हजार नेपालीको बसोबास रहेको युलेस सिटीको केन्द्रमा रहेको अत्याधुनिक पुस्तकालयमा अब नेपालीले आफ्नै भाषामा लेखिएका पुस्तक पढ्न सक्ने भएका छन् । स्रस्टा साँझ अमेरिकाका संस्थापक प्रभात दीक्षितले नेपाली भाषा, संस्कृति एवम् नेपालीपनको संरक्षण एवम् प्रवर्धनका आफू र आफ्नो संस्थाले अगुवाइ गरेको बताए । ‘नेपाली समुदायले भाषा, संस्कृति एवम् नेपालीपन जोगाउनुका साथै अमेरिकी परिवेशमा घुलमिल हुनु अति आवश्यक रहेको हुँदा यो एउटा उपयुक्त माध्यम हुन सक्ने देखेर आज हामीसँग भएका पुस्तक हस्तान्तरण गरेका हौं ।’ यस्तै, स्रस्टा साँझ अमेरिका अध्यक्ष बैकुण्ठराज आचार्यका अनुसार अमेरिकाको सार्वजनिक पुस्तकालयमा नेपालीले आफ्नै भाषामा पुस्तक पढ्न पाउने र यसले नेपालसँगको सामीप्यता अझ प्रगाढ हुने छ । साथै, यसले नेपालको पहिचान विश्वमाझ फैलाउनमा महत्वपूर्ण कार्य हुने आचार्यले बताए ।

यसैगरी, समुदायमार्फत गरिने यस्ता कार्य वास्तविक समाजसेवा हुने नेपाल अमेरिका पत्रकार संघ (नेजा) का अध्यक्ष विकासराज न्यौपानेले बताए । नेपाली समुदायको हितमा हुने जुनसुकै कार्यका लागि नेजा हातेमालो गर्न तत्पर रहेको अध्यक्ष न्यौपानेले बताए । कार्यक्रममा नेपाली समुदायको तर्फबाट समाजसेवी शैलेश आचार्य, नेजा कार्यसमिति सदस्य बाबुराम दाहाल, समाजसेवी सुशील क्षेत्री, बद्री श्रेष्ठलगायतको उपस्थिति थियो भने पुस्तकालयका तर्फबाट डेपुटी मेनेजर वेसलगायत पुस्तकालयकर्मीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार