बाँके। नेपालगंज उपमहानगरपालिका गगनगंज_७ बाट आज लागू औषध ब्राउन सुगरसहित एकजना पक्राउ परेका छ्न । २५ वर्षीय शुभम मानन्धर ६ ग्राम ब्राउन सुगर नगद १८ हजार ३ सय रूपैया र प्लाष्टिको रोल सहित फेला पारी घरबाटै पक्राउ परेको हुन।
गोप्य सूचनाको आधारमा वडाको प्रहरी टोली र लागू औषध नियन्त्रण ब्युरोको टोलीले मानन्धरको घरमा छापा मारेको वडा प्रहरी कार्यालय बाँकेका इन्चार्ज डिल्ली बहादुर खड्काले जानकारी दिनुभयो
मानन्धरले रुपैडियाबाट लागू औषध ल्याउने र घर भित्र बेचबिखन गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेको नियन्त्रणमा राखेर थप आवश्यक अनुसन्धान अघि बढाईएको छ।