मुख्य समाचार
खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति |

बाँके २ (२) मा माओवादीका उम्मेदवार अकल बम प्रति जन लहर बढ्दै

यूथ टुडे समाचारदाता 3304+ समाचार ( )
गठबन्धन संगै अन्य दलको साथ बमलाई
१३ कार्तिक २०७९, आइतबार

नेपालगञ्ज । नेकपा माओवादी केन्द्र यतिखेर अरु पार्टी जस्तै चुनावी मैदानमा होमिएको छ । आगामी मंसिर ४ गते हुन गैरहेको संघीय तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि बाँकेमा पनि विभिन्न कार्यक्रम तथा मतदाता भेटघाट कार्यक्रममा उम्मेदवारहरु व्यस्त रहेका छन ।

यसै क्रममा बाँके निर्वाचन क्षेत्र नम्बर २ (२) का लागि लुम्बिनी प्रदेश सभा सदस्यमा माओवादी केद्रका तर्फबाट उम्मेदवार रहेका माओवादी केन्द्रका युवा नेता अकल बहादुर बमले आइतबार दिउँसो नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० को सम्पर्क कार्यालय एक कार्यक्रमबिच उद्घाटन गरेका छन ।

निर्वाचनमा जित हासिल गर्नका निमित्त अहिले चुनाव प्रचार प्रसारका लागि आफ्नो निर्वाचन क्षेत्र भित्र पर्ने सम्पुर्ण वडा कार्यालयहरुमा सम्पर्क कार्यालयहरु स्थापना भैरहेको उम्मेदवार बमले बताए । वडा वडामा सम्पर्क कार्यालय हुँदा जनतासङ्ग भेटघाट हुन र आफ्ना कार्यक्रम तथा मुद्दाहरुलाई जनतासामु लैजान निकै सरल हुने उनले बताए ।

उद्घाटन कार्यक्रममा माओवादी केन्द्रबाट लुम्बिनी प्रदेश सभा सदस्यका लागि समानुपातिक उम्मेदवार रहेकी महिला नेतृ काली मिया (कस्मिरा), निर्वाचन परिचालन समितिका संयोजक नबिन शर्मा लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

केन्द्रमा ५ दलिय गठबन्धन बनाएर देसैभर चुनावी मैदानमा उत्रिएका पार्टीमध्येका नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसबिच भने बाँके निर्वाचन क्षेत्र नम्बर २ (२) लुम्बिनी प्रदेश सभा सदस्यमा भने गठबन्धन हुन सकेको छैन । यो क्षेत्रमा माओवादी केन्द्रका तर्फबाट अकल बहादुर बम र काँग्रेसका तर्फबाट सुरेन्द्र हमालले आ-आफ्नो उम्मेदवारी दर्ता गराएका छन । माओवादीका उम्मेदवार अकल बमले यो क्षेत्रमा काँग्रेस र माओवादीबिच सुमधुर रुपमा मित्रवत चुनावी प्रतिस्पर्धा हुने बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार