बाँके । नेपालगन्जस्थित लुम्बिनी गार्मेन्ट उद्योगमा फेरि आगलागि भएको छ । शुक्रवार राती करिव १ बजेतिर आगलागी भएको बाँके प्रहरीले जनाएको छ ।
महिला उद्यमी कास्मिरा खातुनले संचालन गरेको उक्त उद्योगमा चार करोड बढीको क्षती भएको संचालक खातुनले जानकारी दिनु भयो । करिव दुई वर्षअघि पनि उक्त उद्योगमा आगलागी भएको थियो । आगलागीबाट उद्योगमा रहेका सम्पुर्ण उपकरण, तयारी कपडा, काचो कपडा लगायतका सामाग्री जलेर नस्ट भएको खातुनको भनाई छ।
जिल्ला प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले लुम्बिनी गार्मेन्ट उद्योगमा राती आगलागि भएको बताउनु भयो । आगोलाई नेपालगन्ज उपमहानगरपालिकाको दमकलको सहायताले नियन्त्रणमा लिइएको थियो । क्षतिको विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।