मुख्य समाचार
“स्वस्थ माटो, स्वस्थ जीवन” अभियानमा जानकी : प्राङ्गारिक कृषि र पोषण सचेतनामा ग्रामीण समुदाय उत्साहित | जानकीमा १५ शय्याको अस्पतालको निर्माण अन्तिम चरणमा | जानकीको गुरुवा गाउँमा बन्यो ‘वैकुण्ठ धाम’ | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | “स्वास्थ्य चौकीबाट टोलटोलसम्म” : कटकुइयामा स्वास्थ्यकर्मीको सरसफाइ अभियान, घरदैलोमै स्वास्थ्य सेवा | ग्रीन इकोनोमि परियोजनाको स्थानीय उत्पादनको प्रवद्र्धनमा महत्वपूर्ण योगदान | युवामैत्री डिजिटल सशक्तिकरण सम्बन्धी ३ दिने “कन्टेन्ट क्रियसन सम्बन्धि तालिम सम्पन्न | प्रधानन्यायाधीश शर्माद्वारा पदभार ग्रहण | पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश |

नरैनापुरमा अन्तर्राष्ट्रिय महिला दिवसको कार्यक्रम सम्पन्न

यूथ टुडे समाचारदाता 3385+ समाचार ( )
श्रीमान तथा परिवारमाथि निर्भरता कम गराउँदै गए महिला माथि हुने बिभेद कम हुने छ अध्यक्ष शाह
२४ फाल्गुन २०७९, बुधवार

नरैनापुर । ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस बाँकेको नरैनापुर गाँउपालिकामा विविध कार्यक्रम गरी बुधबार मनाइएको छ । 

नेपालमा ‘लैङ्गिक समानतका लागि बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिलाको पहुँच’ भन्ने राष्ट्रिय नाराका साथ नरैनापुरमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले, महिलाहरुका लागि ८ मार्च चाड–पर्वको रुपमा रहेको बताउनु भयो । महिला दिवसकै दिन महिलाहरुले मुक्तिका लागि आन्दोलन सुरु गरेको स्मरण गराउँदै अध्यक्ष शाहले महिला नेतृत्वको पनि व्यापकरुपमा वृद्धि हुँदै गएको जिकिर गर्नु भएको थियो । सांस्कृतिक तथा परम्परावादी सोचअनुरुप समाज पितृसत्तात्मक तथा पुरुषप्रधान भएकै कारण महिलाहरुमाथि शोषण भइरहेको उहाँको भनाई थियो ।

अध्यक्ष शाहले विस्तारै–विस्तारै पितृसत्तात्मक तथा पुरुषप्रधान सोचमा सुधार हुँदै गएको अवस्थामा हरेक महिलाहरुले आफू कसरी समृद्ध हुने भन्नेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । हरेक महिलाले आफूसँग भएको ज्ञान, सीप र क्षमतलाई उजागर गर्दै श्रीमान तथा परिवारमाथि निर्भरता कम गराउँदै गएमा महिलाको स्थिति सुधार हुने उहाँको भनाई थियो । नरैनापुर गाँउपालिका महिलाहरुको हक, अधिकारप्रति संविधानले दिएको अधिकारको रक्षामा प्रतिबद्ध रहेको बताउनु भयो ।

परिवर्तन महिला सहकारी संस्थाका अध्यक्ष सुनिता खाँडले सांस्कृतिक, राजनैतिक , सामाजिक आर्थिक अधिकार महिलाहरुले प्राप्त गरेको सन्दर्भमा अन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरिए पनि कानुनतः पैतृक सम्पत्तिमा समान अधिकार तथा सामाजिक आर्थिक र व्यवहारिक रुपमा समानता प्राप्त हुँदा मात्र लैंगिक समानता कायम हुने बताउनु भयो । 

सहकारीका अध्यक्ष खाँडले प्रत्येक दिनलाई महिला दिवसको रुपमा मनाउन सुझाव दिँदै हिजो हाम्रा आमा, हजुरआमाहरुले कसरि जीवन व्यतित गर्नु भएको थियो, आज हामी कुन अवस्थामा छौं र भावी पुस्तालाई भेदभावमुक्त समाज हस्तान्तरण गर्न के गर्नु पर्छ भन्ने बारेमा सचेत हुन आग्रह गर्दै महिला दिवसको अवसरमा सबै दिदी बहिनीहरुलाई शुभ कामना दिनु भएको थियो ।

नरैनापुरको महिला बालबालिका शाखा प्रमुख कृष्णचन्द्रले अन्तर्राष्ट्रिय महिला दिवस सामाजिक, राजनीतिक तथा आर्थिक क्षेत्रमा महिलाहरुले प्राप्त गरेका उपलब्धिहरु पहिचान गर्ने तथा गर्व गर्ने अवसर भएको बताउनु भएको थियो । 

नरैनापुर गाउँपालिका वडा नं. ६ का महिला वडा सदस्य रिहाना मुकेरीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाह, अतिथिहरुमा परिवर्तन सहकारी संस्थाका अध्यक्ष सुनिता खाँड, वडा नं. २ का अध्यक्ष मसूद अहमद शाह, वडा नं. ३ का अध्यक्ष अजय मिश्रा, वडा नं. ४ का अध्यक्ष मनोज शर्मा, महिला बालबालिका शाखा प्रमुख कृषचन्द्र,सशस्त्र प्रहरी निरिक्षक नन्दकिशोर महतो, बरिष्ट प्रहरी नयाब निरिक्षक पुष्पराज जोशी लगायतले बोल्नु भएको थियो भने कार्यक्रमको संचालन पम्फा परियारले गर्नु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार