मुख्य समाचार
पैसाकै कारण उपचार रोकिनु हुँदैन” सांसद खगेन्द्र सुनार | नेपालगञ्जमा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने | नरैनापुरमा भीषण आगलागी: १० घर खरानी, विवाहको घर शोकमा | बाँकेमै पहिलो उपलब्धि: जानकी–१ ‘पूर्ण खोप सुनिश्चित वडा’ घोषणा, खोप अभियानमा ऐतिहासिक सुरुवात | पूर्वविशिष्टहरूले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने | तीन तहबीच अधिकार बाँडफाँट नहुँदा संघीयता बदनाम भयोः देवराज चालिसे | गुणस्तरीय पोषण सेवा प्रवाहका लागि नरैनापुरका स्वास्थ्यकर्मीलाई तालिम | अधिवक्तामाथि कुटपिट र दुर्व्यवहारः दोषीमाथि कडा कानुनी कारबाहीको माग | बर्दियाको ठाकुरबाबामा युवा उद्यमशीलता प्रवद्र्धनका लागि कार्यशाला | १५ दिनभित्र फोहोर व्यवस्थापन गर्न जानकी गाउँपालिकाको कडा निर्देशन |

हाम्रो बिद्यालय म बनाउँछु भन्ने अभियान नरैनापुरमा सुरु, १२ जना शिक्षक नियुक्त

यूथ टुडे समाचारदाता 3333+ समाचार ( )
बाँकेको नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले ‘हाम्रो विद्यालय म बनाउँछु’ भन्ने अभियान शुरू गरिएको बताउनु भएको छ ।
२ अशोज २०७९, आइतबार

बाँके । बाँकेको नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले ‘हाम्रो विद्यालय म बनाउँछु’ भन्ने अभियान शुरू गरिएको बताउनु भएको छ । उहाँले संविधान दिवसको पूर्व सन्ध्यमा १२ जना करार शिक्षकहरुलाई नियुक्ति पत्र हस्तान्त्रण गर्दै उक्त धारणा राख्नु भएको थियो ।

अध्यक्ष शाहले सार्वजनिक शिक्षा सुधार गर्न विद्यालयका प्रधानाध्यापक र शिक्षकको मुख्य भूमिका हुने उल्लेख गर्दै सार्वजनिक विद्यालय बचाउने र सुधार्ने जिम्मा प्रधानाध्यापक र शिक्षकको हातमा रहेको जिकिर गर्नु भयो ।

उहाँले शिक्षण पेसालाई मर्यादित बनायो भने शैक्षिक सुधारमा उल्लेख्य प्रगति हुने बताउदै अध्यक्ष शाहले नरैनापुर गाँउपालिकामा रहेका विद्यालयहरूको आवश्यक भौतिक पूर्वाधारहरु तयार गर्ने योजना बनाएकोले शिक्षकहरुलाई निष्पक्ष भएर गुणस्तरीय शिक्षा प्रदान गर्न तर्फ भूमिका निर्वाह गर्न निर्देशन दिनु भएको थियो । 

नरैनापुर गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले शिक्षा सेवाको क्षेत्र भएकोले सेवासुविधा पाइनँ भनेर पढाउन छोडेर आन्दोलन गर्न जान नमिल्ने बताउदै नरैनापुरको शिक्षाको गुणस्तर सुधार हुदै गएको बताउदै उहाँले इच्छाशक्ति भए सबै ठाउँमा शैक्षिक गुणस्तरको सुधार गर्न र विद्यार्थीलाई सक्षम बनाउन सकिने पनि जिकिर गर्नु भयो ।  । 

वडा नं. 2 का अध्यक्ष मसूद अहमद शाहले लोक सेवाको मापदण्डमा रहेर करार सेवाका लागि पालिकाले खोलेको विज्ञापनमा ६८ जनाबाट १२ जनाले नाम निकालेको बताउदै नरैनापुरको शिक्षालाई अझ उचाई पु¥याउनका लागि भूमिका निर्वाह गर्न नवनियुक्त शिक्षकहरु संग आग्रह गर्नु भएको थियो । 

कार्यक्रममा नरैनापुर गाँउपालिकाको शिक्षा शाखा अधिकृत कृष्ण प्रसाद थारुले गुणस्तरीय शिक्षाका लागि आफ्नो पूरै टिम खटेर लागिपरेको बताउनु भयो । विद्यार्थीलाई हरतरहले शिक्षण सिकाइ सहजीकरण गरिरहेको बताउदै नवनियुक्त शिक्षकहरुलाई समेत शिक्षण पेशमा गम्भीर भएर लाग्न आग्रह गर्नु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार