मुख्य समाचार
यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने | नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर, महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च ५० प्रतिशतले बढाइयो | मानवबेचविखन रोक्न स्थानीय संयन्त्रलाई थप प्रभावकारी बनाईने | बर्दियाका तीन पालिकाका बिद्यार्थिलाई शैक्षिक सामाग्री वितरण | बजेटलाई अन्तिम रूप दिँदैछन् अर्थमन्त्री वाग्ले | “आजको रक्तदान, भोलिको मुस्कान” : जानकीमा २१ जनाले गरे जीवनदान | जानकी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम |

डा. निकोलस भुसालले गाँजा सेवन गरेको खुलासा

यूथ टुडे समाचारदाता 3399+ समाचार ( )
२३ अशोज २०८२, बिहीबार

काठमाडौं । माइतीघरबाट दिउँसो पक्राउ परेका डा. निकोलस भुसालले गाँजा सेवन गरेको खुलेको छ ।

अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणको क्रममा भुसालले गाँजा खाएको पुष्टि भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी प्रवक्ता पवन भट्टराईले नेपाल प्रेसलाई बताए ।

भुसाललाई सुधार केन्द्र ‘रिह्याव सेन्टरमा’ राख्ने सर्तमा परिवारको जिम्मा लगाउने तयारी भइरहेको उनले सुनाए ।

गत वर्ष पनि उनी गाँजा सेवन गरेको अवस्थामा पक्राउ परेको र यस्ता पटकेलाई उपचारका लागि पठाउने कानूनी व्यवस्थाअनुसार रिह्यावमा पठाउन लागिएको भट्टराई बताए । गत वर्ष निकोलसलाई सिंहदरबार प्रहरीले पक्राउ गर्दा उनी प्रहरी वृत्त सिंहदरबारमा डीएसपी थिए ।

जेनजीमाथि धोका भएको भन्दै आज निकोलस माइतीघरमा आन्दोलन गर्न पुगेका थिए । केही समूहले आजको प्रदर्शन फिर्ता गरेको अवस्थामा माइतीघर क्षेत्रमा प्रदर्शन गर्न पुगेकाहरूलाई प्रहरीले पक्राउ गरेको थियो ।

आज ४४ जनालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । उनीहरूको क्रिमिनल ट्रयाक रेकर्ड हेरेर साथै आवश्यक स्वास्थ्य परीक्षणपछि परिवारको जिम्मा लगाइने भट्टराईले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार