मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

मधुवन नगरपालिकाका तीन विद्यालयलाई विज्ञान प्रयोगशाला सामग्री हस्तान्तरण

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
५ असार २०८२, बिहीबार

नेपालगन्ज ।  बर्दियाको मधुबन नगरपालिकाका तीन विद्यालयलाई बिज्ञान विषयको ल्याब सामग्री उपलव्ध गराइएको छ । 

प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा संचालित सशक्त बालिका परियोजना अन्तर्गत विद्यालयहरुलाई बिज्ञान विषयको सामग्री उपलव्ध गराइएको हो । 

परियोजना संयोजक तथा बाँके युनेस्को क्लबका उपनिर्देशक गोविन्द लामिछानेका अनुसार, बर्दिया मधुवन नगरपालिका वडा नं. ६ सानोश्रीको गुराँस नमूना विद्यालय, वडा नं. ४ ढोढरीको नेपाल राष्ट्रिय नमूना विद्यालय र वडा नं. १ सूर्यपटवाको त्रिभुवन माध्यमिक विद्यालयलाई प्रति बिद्यालय दुई लाख ९३ हजार बढी मूल्यका सामग्री उपलव्ध गराइएको छ । 

मधुबन नगरपालिकास्थित गुराँस माविमा भएको पहिलो औपचारिक कार्यक्रममा प्रमुख अतिथि मधुवन नगरपालिकाका मेयर तेजबहादुर भाटले प्रधान अध्यापक केशव पौडेललाई ल्याब सामग्री हस्तान्तरण गर्नुभयाे । 

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर खत्री, बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेजअलि सिद्धिकी, अध्यक्ष रबि तुलाधर, सल्लाहकार नीरज गौतमलगायतको उपस्थिति रहेको थियो । 

त्यस अवसरमा बाँके युनेस्को क्लबको टोलीले विद्यालयमा बिज्ञान विषय पढाईको अवस्था, ल्याब सामानको संरक्षण र प्रयोगका अवस्था, सिकाई अभिलेखिकरणलगायतका सम्बन्धमा प्रधान अध्यापक र शिक्षकहरुसंग जानकारी लिएको थियो । 

यसैगरी, मधुवन ४ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा भएको कार्यक्रममा सहायक प्रधान अध्यापक विष्णु पोखरेललाई क्लबका अध्यक्ष तुलाधरले र वडा नम्बर १ त्रिभुवन माध्यमिक विद्यालयमा भएको कार्यक्रममा विद्यालयका सहायक प्रधान अध्यापक खिमा गौतमलाई क्लबका प्रमुख संरक्षक सिद्धिकीले सोही मूल्य बराबरका बिज्ञान विषयको ल्याब सामग्री हस्तान्तरण गर्नुभएको थियो । 

त्यस अवसरमा विद्यालयका अन्य शिक्षकहरुको पनि उपस्थिति रहेको थियो । 

प्लान इन्टरनेशन नेपालको सहयोगमा बाँके युनेस्को क्लबले ग्रीन इकोनोमी परियोजना बर्दियाको राजापुर र ठाकुरबाबा नगरपालिकामा, सशक्त बालिका परियोजना बढैयाताल गाउँपालिका, गुलरिया नगरपालिका र मधुवन नगरपालिकामा र सुरक्षा परियोजना राजापुर नगरपालिका र मधुवन नगरपालिकामा संचालन गर्दै आएको छ । 

तीन वटै परियोजनावाट मूलतः बालबालिका, किशोरीकिशोरी तथा युवाहरुको शिक्षा, स्वास्थ्य, सञ्चार प्रविधि, सुरक्षा तथा व्यवसायिक विकासमा सघाउ पुर्याउने उद्देश्य र लक्ष्य राखिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार