मुख्य समाचार
“स्वस्थ माटो, स्वस्थ जीवन” अभियानमा जानकी : प्राङ्गारिक कृषि र पोषण सचेतनामा ग्रामीण समुदाय उत्साहित | जानकीमा १५ शय्याको अस्पतालको निर्माण अन्तिम चरणमा | जानकीको गुरुवा गाउँमा बन्यो ‘वैकुण्ठ धाम’ | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | “स्वास्थ्य चौकीबाट टोलटोलसम्म” : कटकुइयामा स्वास्थ्यकर्मीको सरसफाइ अभियान, घरदैलोमै स्वास्थ्य सेवा | ग्रीन इकोनोमि परियोजनाको स्थानीय उत्पादनको प्रवद्र्धनमा महत्वपूर्ण योगदान | युवामैत्री डिजिटल सशक्तिकरण सम्बन्धी ३ दिने “कन्टेन्ट क्रियसन सम्बन्धि तालिम सम्पन्न | प्रधानन्यायाधीश शर्माद्वारा पदभार ग्रहण | पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश |

नेपालगन्जको टोलटोलमा चुनाव प्रचार कार्यालय खोल्दै राप्रपा

महमूद आलम खान 1133+ समाचार ( )
नेपालगञ्ज ४ मा खुल्यो प्रचार प्रसार कार्यालय
१९ चैत्र २०७८, शनिबार

बाँके । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी स्थानीय तह निर्वाचनको तयारीका क्रममा ठाउँठाउँमा चुनाव प्रचार प्रसार कार्यालय खोल्न थालेको छ । यसैक्रममा राप्रपा बाँकेले नेपालगञ्जको बिभिन्न वडामा प्रचार कार्यालय स्थापना गरेको हो ।

राप्रपा घोसीटोल कमिटी–वडा नं.४ नेपालगञ्जले घोसीटोलमा  प्रचारप्रसार तथा जनसम्पर्क कार्यालय स्थापना गरी चुनावी तयारीको काम सुरु गरेको छ । कार्यालयको राप्रपाका महामन्त्री एंव नेपालगञ्जका मेयर डाक्टर धवलशम्सेर राणाले उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै राणाले स्थानीय तह निर्वाचनमा विगतमा भन्दा धेरै स्थानीय तहमा विजय हासिल गर्ने रणनीतिका साथ पार्टी अगाडि बढेको बताए ।

कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै राप्रपा महिला संगठन कि अध्यक्ष इन्दिरा शाहीले अब जनताको घरदैलोमा गएर राप्रपाले नेपालगञ्जमा गरेका कामबारे जनतामा बुझाउनुपर्नेमा जोड दिएका थिए । 

राप्रपाका नेता एवं नेपालगञ्ज ४ का वडा अध्यक्ष मोहम्मद सफिक बेहनाले पार्टीले सबै टोलहरुमा चुनावी अभियानलाई अव तीव्र बनाउने बताए । उनले राप्रपा नेतृत्वको स्थानीय सरकारले गरेका लोकप्रिय कामलाई जनतामा लैजान पनि आग्रह गरे ।

कार्यक्रममा राप्रपाका सहमहामन्त्री ऋषि राज देवकोटा, जिल्ला अध्यक्ष नरेन्द्र पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार