मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

मन्त्री परिषद आज बिस्तार हुदै, ३ बजे नवनियुक्त मन्त्रीहरुले सपथ लिने

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
गठबन्धनको भागबन्डा अनुसार कांग्रेस ८, माओवादी केन्द्र ५, नेकपा एकीकृत समाजवादी २, जनता समाजवादी पार्टी २, लोसपा १, नागरिक उन्मुक्ति पार्टी १, जनमत पार्टी १, नेपाल समाजवादी पार्टीले १ मन्त्रालय लिने समझदारी छ ।
१६ चैत्र २०७९, बिहीबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन् ।

यसअघि बिहीबार नै मन्त्रिपरिषद विस्तारको तयारी गरिएपनि नेपाली कांग्रेससहितका दलहरुले मन्त्रीको लिष्ट तयार गर्न नसक्दा मन्त्रीपरिषद विस्तार हुन नसकेको हो ।

यसैबीच प्रधानमन्त्री प्रचण्डले आज मन्त्रीपपरिषद विस्तार गर्ने र आजै मन्त्रीहरुको शपथ कार्यक्रम राखिएको स्रोतले जानकारी दियो । त्यसका लागि प्रधानमन्त्रीले आज ११ बजेसम्म मन्त्री बन्नेहरुको नाम दिन दलहरुलाई निर्देशन समेत दिइसकेका छन् ।

शुक्रबार दिउँसो ३ बजेका लागि शपथग्रहण कार्यक्रमको तयारी गरिएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।

मन्त्रालयको संख्याका विषयमा सहमति जुटिसकेपनि कुन मन्त्रालय कसले नेतृत्व गर्ने भन्ने समझदारी हुन सकेको छैन ।

सत्ता गठबन्धनभित्र कांग्रेसलाई ८ वटा मन्त्रालय दिने समझदारी बनेको छ । नेताहरूका अनुसार देउवाले मन्त्री हुनेहरूको नामावली तयार पारिसकेपनि मन्त्रालय भागबन्डा मिलाउन भने सकस परेको हो ।

गठबन्धनको भागबन्डा अनुसार कांग्रेस ८, माओवादी केन्द्र ५, नेकपा एकीकृत समाजवादी २, जनता समाजवादी पार्टी २, लोसपा १, नागरिक उन्मुक्ति पार्टी १, जनमत पार्टी १, नेपाल समाजवादी पार्टीले १ मन्त्रालय लिने समझदारी छ ।

त्यसैगरी मंसिरको चुनावअघि एमाले छाडेर स्वतन्त्रबाट जितेपछि आमजनता पार्टी खोलेका प्रभु साह पनि मन्त्री बन्दैछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार