मुख्य समाचार
“स्वस्थ माटो, स्वस्थ जीवन” अभियानमा जानकी : प्राङ्गारिक कृषि र पोषण सचेतनामा ग्रामीण समुदाय उत्साहित | जानकीमा १५ शय्याको अस्पतालको निर्माण अन्तिम चरणमा | जानकीको गुरुवा गाउँमा बन्यो ‘वैकुण्ठ धाम’ | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | “स्वास्थ्य चौकीबाट टोलटोलसम्म” : कटकुइयामा स्वास्थ्यकर्मीको सरसफाइ अभियान, घरदैलोमै स्वास्थ्य सेवा | ग्रीन इकोनोमि परियोजनाको स्थानीय उत्पादनको प्रवद्र्धनमा महत्वपूर्ण योगदान | युवामैत्री डिजिटल सशक्तिकरण सम्बन्धी ३ दिने “कन्टेन्ट क्रियसन सम्बन्धि तालिम सम्पन्न | प्रधानन्यायाधीश शर्माद्वारा पदभार ग्रहण | पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश |

अमेरिकाको सिमा नाका बीस महिना पछि खुल्यो

महमूद आलम खान 1133+ समाचार ( )
नयाँ नियमसँगै विमानसेवाहरुले आगन्तुकहरूको आउने जाने क्रम बढ्ने अपेक्षा गरेका छन्
२२ कार्तिक २०७८, सोमबार

एजेन्सी । कोरोना भाइरसको पूर्ण मात्रा खोप लगाएका विदेशी यात्रुहरूलाई अमेरिकाले सोमबारबाट आफ्नो सीमा खुला गर्दैछ । बीस महिना लामो आवागमन प्रतिबन्ध अन्त्य गर्दै अमेरिकामा सोमबारबाट सो निर्णय लागू गर्न लागेको हो । 

पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड १९ का कारण सन् २०२० को मार्च महिनामा उक्त प्रतिबन्ध लगाएका थिए। ब्रिटेन र युरोपेली संघका देशहरुसहित ३० भन्दा बढी देशहरु अमेरिकी नियमबाट प्रभावित हुँदा पारिवारिक पुर्नमिलन हुन पाएको थिएन । यस प्रतिबन्धको कारण पर्यटन क्षेत्रमा ठूलो धक्का पुगेको थियो ।

नयाँ नियमसँगै विमानसेवाहरुले आगन्तुकहरूको आउने जाने क्रम बढ्ने अपेक्षा गरेका छन् । आगन्तुकहरूको खोपको अवस्थालाई निकै सजगतापूर्वक हेरिने अधिकारीहरूले बताएका छन् । युनाइटेड एअरलाइन्सले अमेरिका आउने अन्तर्राष्ट्रिय यात्रु ५० प्रतिशतले बढ्ने अपेक्षा गरेको छ । डेल्टा एअरलाइन्सका प्रमुखले केही यात्रुहरु पालो पर्खेर बस्नुपर्ने अवस्था आउनसक्ने बताएका छन् ।

अब यात्रुहरूले उड्नुअगावै पूर्ण मात्रा खोप लगाएको प्रमाणपत्र, यात्राको तीन दिन भित्रको कोभिड नेगिटिभ देखिएको परीक्षण र आफ्ना सम्पर्क विवरणहरू बुझाउनुपर्नेछ ।अन्तर्राष्ट्रिय रूपमा प्रयोगमा आएका सात मुख्य खोपहरूलाई त्यसक्रममा मान्यता दिइँदैछ । कोभिड फैलनबाट रोक्ने उद्देश्यले सन् २०२० को सुरुतिरै चिनियाँ यात्रुहरूलाई अमेरिका आउन रोकिएको थियो र त्यसपछि प्रतिबन्ध अन्य देशका लागि विस्तार गरिएको थियो।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार