मुख्य समाचार
“सुरक्षित मातृत्व अब गाउँमै : नरैनापुरको नयाँ पहल” | नरैनापुरका बालबालिकाको स्वास्थ्य र अधिकारका लागि १ करोडभन्दा बढीको परियोजना लागू | युनेस्को बाँकेद्धारा राजापुरको भेरी माविमा शौचालय र कक्षा कोठा हस्तान्तरण | बागेश्वरी दोहोरी साँझ : मनोरञ्जनको मञ्चबाट श्रमिकका आवाजसम्मको सांस्कृतिक यात्रा | बाँकेको ग्रामीण विद्यालयमा बिद्युतीय दुर्घटना सचेतना कार्यक्रम सञ्चालन हुने | कुलमानको ‘उज्यालो नेपाल पार्टी’मा को-को छन् ? | "विदेश पठाउने लोभमा ठगीः "हाई ड्रीम ओभरसिजका बिशाल पक्राउ" | नेपालगञ्ज विमानस्थलमा समयअघि अत्याधुनिक टर्मिनल भवन तयार | स्वास्थ्य बिमा कार्यक्रमका समस्याको तत्काल समाधान गरिन्छ : स्वास्थ्यमन्त्री गौतम | ‘बाँकेमा नो–पे, नो–लाइट’ अभियान ः बक्यौता नतिर्ने १८२ को बिजुली काटियो |

देशभरका छोटी भन्सार कार्यालय चाँडो सञ्चालनमा ल्याउनुपर्छ: गृहमन्त्री

यूथ टुडे समाचारदाता 2979+ समाचार ( )
१२ भाद्र २०८१, बुधवार

काठमाडौं । गृहमन्त्री रमेश लेखकले देशभरका छोटी भन्सार कार्यालयहरु सक्दो चाँडो सञ्चालनमा ल्याउनुपर्ने बताएका छन् । उनले राजस्व चुहावट नियन्त्रणका लागि सशस्त्र द्वन्द्वमा बन्द भएका छोटी भन्सार कार्यालयहरु सञ्चालनमा जोड दिए ।

सिंहदरबारस्थित अर्थमन्त्रालयमा आज बसेको केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा गृहमन्त्री लेखकले लक्ष्यअनुसार राजस्व उठाउन गृहमन्त्रालयले पूर्णरुपमा काम गर्ने वचनबद्धता व्यक्त गरे ।

‘राजस्व लक्ष्यअनुसार उठिरहेको छैन । लक्ष्यअनुसार राजस्व उठाउने विषयमा अर्थमन्त्रालयले राखेको अपेक्षाअनुसार गृहमन्त्रालयले काम गर्छ,’ उनले भने, ‘मैले मेरो मन्त्रालयका वरिष्ठ अधिकृतहरु, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षकहरुसँग छलफल गरेर राजस्व बढाउन निर्देशन दिएको छु । यसमा हाम्रो पूर्णरुपमा काम गर्ने बचनबद्धता छ ।’

गृहमन्त्री लेखकले जग्गा र भवन भएका छोटी भन्सार कार्यालय सञ्चालनमा ल्याउन चाँडै निर्णय गरिने तथा जनशक्ति पठाउन पहल गरिने बताए । ‘भन्सार कार्यालयको जनशक्ति कम छ भने बढी जनशक्ति भएको ठाउँबाट ल्याएर काम गर्न सकिन्छ । यसमा मैले सहयोग गर्छु । भारततिर भन्सार कार्यालय छैन भनेर नेपालमा छोटी भन्सार कार्यालय सञ्चालन गर्न नरोकौँ । छोटी भन्सार कार्यालय हुँदा राजस्वमा वृद्धि हुन्छ, ’ उनले भने ।

गृहमन्त्री लेखकले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई गृह मन्त्रालयले गर्ने काममा कमी कमजोरी भए जुन सुकै बेला सुझाव दिन आग्रह गरे । यस्तै, उनले सीमित स्रोतसाधनका बाबजुद प्रहरीले धेरै भार बोकेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलको ध्यानाकर्षण गराए ।

‘प्रहरीलाई काम गर्न धेरै भार भएको छ । अत्यन्त सीमित स्रोत साधनका भरमा काम गरिरहेका छन् । यस विषयमा अर्थमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु’, गृहमन्त्री लेखकले भने ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार