मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

डुडुवामा राष्ट्रिय कुस्ती प्रतियोगिता शुरु

महमूद आलम खान 1132+ समाचार ( )
बाँके । बाँके डुडुवा गाउँपालिकामा राष्ट्रिय महिला तथा पुरुष कुस्ती प्रतियोगिता २०७८ शुरु भएको छ ।
२४ चैत्र २०७८, बिहीबार

 बाँके । बाँके डुडुवा गाउँपालिकामा राष्ट्रिय महिला तथा पुरुष कुस्ती प्रतियोगिता २०७८ शुरु भएको छ । डुडुवा गाउँपालिकाको सहयोगमा नेपाल कुस्ती संघ बाँकेले प्रतियोगिता आयोजना गरेको हो । 

आज विहीबार एक समारोहका विच डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले उदघाटन गर्दै पछिल्लो अवस्थामा कुश्ती प्रतियोगिता हराउदै गएको भन्दै त्यसलाई प्रोत्साहन गर्न कुश्ती जरुरी भएको बताउनुभयो । उहाँले कुश्ती खेल परापुर्वकालमा गाउँघरमा साथीहरुविच खेल्ने एउटा मनोरञ्जनको रुपमा लिने गरेकाले यस्ता प्रतियोगितालाई जिवन्त बनाउनु पर्नेमा जोड दिनुभयो । 

प्रतियोगिताको उदघाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रशुराम उपाध्याय, कार्यपालिका सदस्य लिलावती यादव, स्थानीय युवा बेलबहादुर बोहरा लगायतले बोल्नु भएको थियो । डुडुवा गाउँपालिका वार्ड नंं ५ स्थित छग्रहवा खेल मैदानमा शुरु भएको प्रतियोगितामा नेपालको सात वटै प्रदेशबाट सात वटा टिम र नेपाल प्रहरी र नेपाली सेनाको एक एक गरेर जम्म नौ वटा टिमको सहभागिता रहेको छ । 

नौ वटा टिममा १८ जना महिला र १८ जना पुरुषको सहभागिता रहेको कुश्ती संघ बाँकेले जनाएको छ । प्रतियोगितामा सहभागि खेलाडीहरुलाई ट्रेकसुट, गाडी भाडा, मेडल र प्रमाण पत्र प्रदान गरिने कुश्ती संघ बाँके अध्यक्ष रिजवान शेषले बताउनुभयो । प्रतियोगिता भोली चैत्र २५ गते फाइनल खेल हुनेछ । प्रतियोगितामा कुश्तीका कोज इकवाल राइ रहनुभएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार