मुख्य समाचार
पैसाकै कारण उपचार रोकिनु हुँदैन” सांसद खगेन्द्र सुनार | नेपालगञ्जमा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने | नरैनापुरमा भीषण आगलागी: १० घर खरानी, विवाहको घर शोकमा | बाँकेमै पहिलो उपलब्धि: जानकी–१ ‘पूर्ण खोप सुनिश्चित वडा’ घोषणा, खोप अभियानमा ऐतिहासिक सुरुवात | पूर्वविशिष्टहरूले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने | तीन तहबीच अधिकार बाँडफाँट नहुँदा संघीयता बदनाम भयोः देवराज चालिसे | गुणस्तरीय पोषण सेवा प्रवाहका लागि नरैनापुरका स्वास्थ्यकर्मीलाई तालिम | अधिवक्तामाथि कुटपिट र दुर्व्यवहारः दोषीमाथि कडा कानुनी कारबाहीको माग | बर्दियाको ठाकुरबाबामा युवा उद्यमशीलता प्रवद्र्धनका लागि कार्यशाला | १५ दिनभित्र फोहोर व्यवस्थापन गर्न जानकी गाउँपालिकाको कडा निर्देशन |

कुर्बानी गरेर बाँकेमा बक्रा ईद मनाइँदै, इस्लामी संघले बाँकेमा गर्यो कुर्बानी

यूथ टुडे समाचारदाता 3333+ समाचार ( )
३ असार २०८१, सोमबार

बाँके । इस्लाम धर्मावलम्बीहरूको दोस्रो ठुलो पर्व इद–उल–अजाह (बक्रा इद) बाँकेमा धुधामका साथ मनाइँदैछ । तीन दिनसम्म मनाइने यो पर्वलाई कुर्बानी र बलिदानको पर्व पनि भनिन्छ । 

नेपालगञ्जस्थित इदगाहमा बकर इदको सामूहिक नमाजका लागि बिहान नेपालगञ्ज र सो वरिपरिबाट ठुलो सङ्ख्यामा मुस्लिमहरू पुगेका थिए । इदगाहभित्र ठाउँ अपुग भएपछि धेरैले बीपी चोक वरिपरि सडकमा नै नमाज पढेका थिए ।

नेपालगञ्जको इदगाहमा बक्रा इदको सामूहिक नमाज पढेर सुरु भएको सो पर्व तीन दिनसम्म खसी, भेडा, दुम्बा, भैँसी, राँगा जस्ता जनावर हलाल गरेर कुर्बानी गरेर तेस्रो दिनमा समापन गरिने धार्मिक गुरु मौलाना मन्सुर आरिफले बताउनुभयो । 

उहाँले त्याग, बलिदान र कुरबानीको पर्वका रूपमा मनाइने यो पर्वको विशेष महत्त्व रहेको बताउनुभयो । 

इदगाहमा आयोजना गरिएको सामूहिक नमाजपछि मुलुकमा धार्मिक सदभाव, आर्थिक विकास र शान्तिको कामना गर्दै सामूहिक प्रार्थना गरिएको थियो । इदगाहमा पुगेर लुम्बिनी प्रदेश सरकारका कृषि मन्त्री भण्डारी लाल यादवले धार्मिक र सामाजिक सद्भावलाई बलियो बनाउँदै देशको आर्थिक अवस्था बलियो बनाउनु अहिले आवश्यक भएको बताउनुभयो । 

नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले इद जस्ता पर्वहरूले एकअर्काबीच भाइचारा बढाउन सहयोग गर्ने बताउनुभयो । 

बक्रा इदमा कुर्बानी (पशुबली) दिने चलन भएकोले कुरबानीको क्षमता राख्ने हरेक मुस्लिमले आ–आफ्नो घरमा खसी, भेडा, दुम्बा, भैँसी, राँगा जस्ता जनावरको बलिदान गरिरहेका छन् । 

इस्लामी संघ नेपालको क्षेत्रिय अध्यक्ष मौलाना उबेदुर रहमानका अनुसार भेडा, खसी बाख्रा, दुम्बा जस्ता साना जनावरमा एक जनाको नाममा मात्र कुर्बानी हुने चलन छ भने राँगा भैँसी, उट जस्ता ठुला जनावरमा ७ जना मिलेर बलिदान गर्न सकिने परम्परा छ । उहाँले बलिदान गराएको मासु तीन भाग गरी एक भाग गरिबमा बाँड्ने, एक भाग छरछिमेकमा बाँड्ने र एक भाग घरमा पकाएर आफू र आफन्तलाई खुवाउने प्रचलन रहेको बताउनुभयो । संघले बाँकेमा दुई सय राँगाको कुर्बानी दिइ रहेको छ । 

मुस्लिम समुदायमा जोसँग साढे सात तोला सुन वा साढे ५२ तोला चाँदी वा सो बराबरको धनसम्पत्ति छ र कुनै ऋण छैन भने त्यो व्यक्तिले अनिवार्य रूपमा बकर इदमा बलिदान गराउनु पर्ने धार्मिक नियम छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार