मुख्य समाचार
नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? |

भुटानी शरणार्थी प्रकरण : रिजाल र मियाँको बयान आज

यूथ टुडे समाचारदाता 3303+ समाचार ( )
क्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पछिल्लोपटक पक्राउ परेका दुई आरोपीसँग आज (शनिबार) वयान लिने भएको छ।
५ जेठ २०८०, शुक्रबार

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पछिल्लोपटक पक्राउ परेका दुई आरोपीसँग आज (शनिबार) वयान लिने भएको छ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख अच्युतमणि न्यौपानेका अनुसार बिहीबार समातिएका भुटानी शरणार्थी अधिकारवादी नेता टेकनाथ रिजाल र हज कमिटीका अध्यक्ष शमशेर मियाँको आज बयान लिन लागेको हो ।

अदालतमा मुद्दा दायर गर्नुपर्ने समय थोरै भएका कारण आज (शनिबार) पनि बयान लिन लागेको न्यौपानेले बताए ।

संगठित अपराधका आरोपितविरुद्ध ६० दिनभित्र अनुसन्धान सकेर अभियोजन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । सरकारी वकिल कार्यालयले प्रहरीलाई छिटो अनुसन्धान प्रतिवेदन बुझाउन ताकेता गरे पनि अभियुक्त प्रक्राउ पर्ने क्रम जारी रहेकाले ढिलाइ भएको हो ।

शनिबार दुई जनाको बयान सकेपछि भोलि(आइतबार) सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सिताराम रिजालले जानकारी दिए ।

प्रहरीले नक्कली शरणार्थी प्रकरणमा हालसम्म १६ जनालाई पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार