मुख्य समाचार
पैसाकै कारण उपचार रोकिनु हुँदैन” सांसद खगेन्द्र सुनार | नेपालगञ्जमा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने | नरैनापुरमा भीषण आगलागी: १० घर खरानी, विवाहको घर शोकमा | बाँकेमै पहिलो उपलब्धि: जानकी–१ ‘पूर्ण खोप सुनिश्चित वडा’ घोषणा, खोप अभियानमा ऐतिहासिक सुरुवात | पूर्वविशिष्टहरूले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने | तीन तहबीच अधिकार बाँडफाँट नहुँदा संघीयता बदनाम भयोः देवराज चालिसे | गुणस्तरीय पोषण सेवा प्रवाहका लागि नरैनापुरका स्वास्थ्यकर्मीलाई तालिम | अधिवक्तामाथि कुटपिट र दुर्व्यवहारः दोषीमाथि कडा कानुनी कारबाहीको माग | बर्दियाको ठाकुरबाबामा युवा उद्यमशीलता प्रवद्र्धनका लागि कार्यशाला | १५ दिनभित्र फोहोर व्यवस्थापन गर्न जानकी गाउँपालिकाको कडा निर्देशन |

मध्यरातमा एमालेको निर्वाचन कार्यतालिका सार्वजनिक

महमूद आलम खान 1132+ समाचार ( )
सोमबार बिहान ९ बजेदेखि ४ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ ।
१२ मंगशिर २०७८, आइतबार

काठमाडौँ । एमालेको दसौं महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । एमाले निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले आइतबार राति निर्वाचन कार्यतालिका सार्वजनिक गरेका हुन् । 

निर्वाचन कार्यतालिका अनुसार मतदाता नामावली प्रकाशन आइतबार राति ११ बजेको समय राखिएको छ । त्यस्तै, मतदाता नामावलीउपर दाबी, विरोध र सुधारको समय १५ मिनेट राखिएको छ ।

सार्वजनिक गरिएको निर्वाचन कार्यतालिका अनुसार मतदाता नामावली र त्यसमाथिको दाबीवरोध एवं सुधारको समय घर्किइसकेको छ ।

११ बजेर २० मिनेटपछि ५ मिनेटमा दाबी विरोध र सुधारका लागि परेको सूचना प्रकाशित गर्ने समय छुट्याइएकोमा ५ मिनेटमा दाबी विरोधमाथि छानबिन गरी अन्तिम नामावली प्रकाशित गर्ने समय निर्धारण गरिएको छ ।

राति ११:३० देखि एक घण्टाको समय उम्मेदवारी दर्ताका लागि दिइएको छ । राति सवा २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका तय गरिएको छ ।

सोमबार बिहान ९ बजेदेखि ४ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार