मुख्य समाचार
बालबालिकाको सर्वाङ्गीण विकासका लागि जानकीमा शिक्षक क्षमता अभिवृद्धि तालिम | योग समितिमा पुनः डा भट्टराई निर्वाचित | अस्पतालमा रगत संकट बढ्दै, जानकी–५ ले गर्‍यो आकस्मिक रक्तदान | “स्वस्थ माटो, स्वस्थ जीवन” अभियानमा जानकी : प्राङ्गारिक कृषि र पोषण सचेतनामा ग्रामीण समुदाय उत्साहित | जानकीमा १५ शय्याको अस्पतालको निर्माण अन्तिम चरणमा | जानकीको गुरुवा गाउँमा बन्यो ‘वैकुण्ठ धाम’ | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | “स्वास्थ्य चौकीबाट टोलटोलसम्म” : कटकुइयामा स्वास्थ्यकर्मीको सरसफाइ अभियान, घरदैलोमै स्वास्थ्य सेवा | ग्रीन इकोनोमि परियोजनाको स्थानीय उत्पादनको प्रवद्र्धनमा महत्वपूर्ण योगदान |

भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिने

यूथ टुडे समाचारदाता 3388+ समाचार ( )
८ पौष २०८१, सोमबार

बाँके । भेरी अस्पताल नेपालगन्जमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने भएको छ । मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरसँग सम्झौता भएसँगै भेरी अस्पताल नेपालगन्जमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने बाटो खुलेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको उपस्थितिमा आज सोमवार भेरी अस्पतालमा मानव अङ्ग प्रत्यारोपण केन्द्रका निर्देशक डा.पुकार चन्द्र श्रेष्ठ र भेरी अस्पताल नेपालगन्जका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.निराजन सुवेदीबीच मिर्गौला प्रत्यारोपण सेवा सञ्चालनका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

मन्त्री पौडेलले सबै संघीय अस्पतालहरुमा मानव अङ्ग प्रत्यारोपण सेवा विस्तार गर्ने सरकारको योजना अनुरूप उक्त सम्झौता भएको बताउनुभयो । ‘सातै प्रदेशमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने सरकारको योजना छ स्वास्थ्यमन्त्री पौडेलले भन्नुभयो-‘ पोखरा र सुर्खेतमा सेवा सुरु भइसकेको छ । अव भेरी अस्पतालमा पनि सेवा सुरु गर्ने गरी सम्झौता भएको छ । सातै प्रदेशमा अङ्ग प्रत्यारोपण सेवा विस्तार गर्दै सेवालाई सर्वसुलभ र सहज बनाउने गरी लागेका छौँ ।’

भेरी अस्पतालमा मिर्गौला सेवा सञ्चालनका लागि मानव अङ्ग प्रत्यारोपण केन्द्रले जनशक्तिदेखि प्राविधिक सहयोग गर्ने मानव अङ्ग प्रत्यारोपण केन्द्रका निर्देशक डा. श्रेष्ठले बताउनुभयो । 

उहाँले भन्नुभयो,‘नेफ्रोलोजिष्ट, युरोलोजिष्ट लगायतको जनशक्ति भेरीसँगै छ,आवश्यक पर्ने नेफ्रो फिजिसियन केन्द्रबाट काजमा खटाउने छौँ । सेवा विस्तारका लागि आवश्यक पर्ने सबै उपकरण केन्द्रबाटै ल्याएर भएपनि भेरीमा प्रत्यारोपण सेवा सुरु गर्न हामी आतुर छौँ ।’ 

भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीले भेरी अस्पतालमा विशिष्टीकृत सेवा विस्तार गर्दै लैजानेक्रममा मानव अङ्ग प्रत्यारोपण सेवा पनि विस्तार गर्न लागिएको जानकारी दिनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार