मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |
मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |


जानकी गाउँपालिकाको रनिङ शिल्डमा शिवपुरीको शानदार जित

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
१८ पौष २०८२, शुक्रबार

बाँके । जानकी गाउँपालिकाको खेलमैदान केही दिनका लागि केवल दौड, उफ्राइ र प्रतिस्पर्धाको थलो मात्र बनेन । त्यो मैदान विद्यार्थीका सपना, आत्मविश्वास र भविष्यका सम्भावनाले भरिएको उत्सवस्थल बन्यो । गाउँपालिका स्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्ड तथा आठौँ अध्यक्षकप प्रतियोगिता सफलतापूर्वक सम्पन्न हुँदै गर्दा विद्यार्थी खेलाडीहरूको जोश, अभिभावकको उत्साह र शिक्षकहरूको गर्व एकै ठाउँमा देखिन्थ्यो । 

पालिकाद्वारा आयोजित प्रतियोगितामा शिवपुरी माध्यमिक विद्यालयले दबदबा कायम गर्दै पालिका प्रथम स्थान हासिल गर्‍यो । शिवपुरीले १८ स्वर्ण, ६ रजत र ३ कास्य गरी कुल २७ पदक जित्दै आफूलाई खेलकुदमा अनुशासित तयारी र निरन्तर अभ्यास गर्ने विद्यालयका रूपमा स्थापित गर्‍यो । 

त्यसैगरी जानकी माध्यमिक विद्यालयले ९ स्वर्ण, ११ रजत र २ कास्य गरी कुल २२ पदकसहित दोस्रो स्थान प्राप्त गर्‍यो । कडा प्रतिस्पर्धाका बीच जानकी माविका खेलाडीहरूले अन्तिम क्षणसम्म जुझारु प्रदर्शन गरे ।

बालविकास इंग्लिस मिडियमले ३ स्वर्ण, ५ रजत र २ कास्यसहित तेस्रो स्थानमा चित्त बुझायो भने नेरामावि भाटनपुरले २ स्वर्ण, ३ रजत र ८ कास्य पदक जित्दै चौथो स्थान हासिल गर्‍यो । आधारभूत विद्यालयतर्फ जनसहयोग आवि गिजरा प्रथम हुन सफल भयो ।

प्रतियोगितामा विद्यार्थी खेलाडीहरूको उल्लेखनीय सहभागिता देखिएको आयोजकले जनाएको छ । दौड, उफ्राइ, फ्याँक र टोलीगत खेलहरूमा विद्यार्थीहरूले देखाएको आत्मविश्वासले गाउँस्तरमै खेलकुदको बलियो सम्भावना रहेको संकेत गर्‍यो ।  

समापन समारोहमा विजेता तथा उत्कृष्ट खेलाडीहरूलाई पुरस्कार वितरण गर्दै जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खानले मधेशी र मुस्लिम समुदायको बाहुल्यता रहेको पालिकामा खेलकुद सामाजिक एकता र सकारात्मक परिवर्तनको माध्यम बनेको बताउनुभयो । 

“खेलकुदले अनुशासन, सहकार्य र आत्मसम्मान सिकाउँछ । पालिकाले खेलकुदलाई प्राथमिकतामा राख्दै आगामी दिनमा अझ व्यवस्थित कार्यक्रम ल्याउनेछ,” अध्यक्ष खानले भन्नुभयो । 

पालिकाका प्रवक्ता तथा वडा नं. ५ का अध्यक्ष टिकानाथ यादवले खेलकुदमार्फत ग्रामीण भेगका विद्यार्थीमा लुकेको प्रतिभा बाहिर आउन थालेको उल्लेख गर्नुभयो । वडा नं. ३ का अध्यक्ष रमेश बर्माले खेलाडीहरूलाई बधाई दिँदै आगामी दिनमा वडा–स्तरबाटै खेल पूर्वाधारमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

शिक्षा शाखा प्रमुख कृष्ण कुमारी भण्डारीले खेलकुद र शिक्षा एक–अर्काका पूरक भएको बताउँदै विद्यालयस्तरमै नियमित खेल अभ्यासको आवश्यकता औँल्याउनुभयो ।

सामाजिक विकास समिति संयोजक राम अचल धोबीले प्रतियोगिताले विद्यार्थीहरूको मनोबल, नेतृत्व क्षमता र प्रतिस्पर्धी भावना बढाएको धारणा राख्नुभयो । 

समापन कार्यक्रममा जिन्सी शाखा प्रमुख राजु यादव, प्रशासन शाखा प्रमुख गोपी चापागाईं र सूचना प्रविधि अधिकृत विकास जिसीले पालिकाले आगामी वर्षहरूमा खेलकुद कार्यक्रमलाई अझ प्रविधिमैत्री र व्यवस्थित बनाउँदै लैजाने बताउनुभयो ।

जानकी गाउँपालिकाको कन्या विद्यालयले मार्चपास प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएको छ।  उत्कृष्ट प्रदर्शन गर्दै विद्यालयले पालिकाकै गौरव बढाएको छ।

मार्चपासमा प्राप्त यस सफलतापछि जानकी गाउँपालिकाले कन्या विद्यालयलाई पालिकाको नमुना विद्यालयका रूपमा विकास गर्ने उद्देश्यसहित आवश्यक पहल अघि बढाइएको जनाएको छ। शैक्षिक गुणस्तर अभिवृद्धि, भौतिक पूर्वाधार सुधार तथा अतिरिक्त क्रियाकलापलाई व्यवस्थित गर्दै विद्यालयलाई उदाहरणीय शैक्षिक केन्द्रका रूपमा स्थापित गर्ने पालिकाको लक्ष्य रहेको छ।

पालिकाले कन्या विद्यालयको यो उपलब्धिले विद्यार्थीमा आत्मविश्वास बढाउनुका साथै शिक्षामा सकारात्मक प्रतिस्पर्धा र अनुशासनको संस्कार विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ । 

प्रतियोगिताकी चर्चित खेलाडी बनेकी शिवपुरी माध्यमिक विद्यालय कक्षा ९ की छात्रा दीपिका थापाले उत्कृष्ट प्रदर्शन गर्दै ७ वटा पदक जितिन् ।

“मैले धेरै मेहनत गरेँ । शिक्षक, विद्यालय र परिवारको साथले यहाँसम्म आइपुगेँ । अब जिल्ला र प्रदेश हुँदै राष्ट्रिय स्तरमा खेल्ने सपना छ,” दीपिकाले मुस्कुराउँदै भनिन् ।

कार्यक्रमको सञ्चालन रमेश बिसीले गर्नुभएको थियो ।समग्रमा, जानकी गाउँपालिकामा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड तथा अध्यक्षकप प्रतियोगिता केवल पदक वितरणमा सीमित रहेन । यसले ग्रामीण विद्यार्थीभित्र लुकेका प्रतिभालाई उजागर गर्दै खेलकुदमार्फत उज्यालो भविष्यको बाटो खोलिदिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार