मुख्य समाचार
राजा खानद्वारा मस्जिदलाई एक लाख सहयोग | स्ववियुलाई स्वतन्त्रतापुर्वक गतिशिलता प्रदान गर्न नेपालगन्ज नर्सिङ क्याम्पसको अध्यक्षमा निर्वाचित भएको अधिकारीको भनाई | नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा अनेरास्ववियुका शाह प्यानलसहित विजयी | संविधान संशोधनअघि बृहत् समीक्षा गरौँ: अध्यक्ष दाहाल | प्रहरी महानिरीक्षकद्वारा पद बहाली, देशको शान्ति सुरक्षा प्रमुख प्राथमिकता | नेपाल प्रहरीको ३१ औं प्रमुखमा दिपक थापा नियुक्त | बाँके प्रहरीद्वारा ट्राफिक कारबाहीमा २९ लाख राजश्व सङ्कलन | राजा खानद्वारा शैक्षिक सहयोग तथा शौचालय निर्माणको शुभारम्भ | धार्मिक भातृत्वका लागि नेपालगञ्जमा सामुहिक रोजा इफ्तार सम्पन्न | गैसस महासङ्घ नेपालका नवनिर्वाचित पदाधिकारी र सभामुख घिमिरे बिच भेटघाट |

प्रचण्डको दाबी– 'यो सरकार अस्वाभाविक र अप्राकृतिक छ र ढल्न आवश्यक छ'

यूथ टुडे समाचारदाता 2516+ समाचार ( )
१० माघ २०८१, बिहीबार

बाँके । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुले नयाँ संघर्षको थालनी गरेको जनाउँदै आफ्नो संघर्ष शान्तिपूर्ण भएपनि शसक्त रहने जिकिर गर्नु भयो । १८ गतेबाट सदनभित्र पनि नयाँ संघर्ष सुरु गर्ने जनाउँदै उहाँँले जनता हारेको इतिहास नभएको स्पष्ट पार्नु भयो ।
बाँकेको खजुरामा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले समानुपातिक र समावेशी संविधान परिवर्तन गर्ने प्रयास भइरहेको तर माओवादीले कुनैपनि हालतमा परिवर्तनका उपलब्धीहरुलाई खोसिन नदिने बताउनु भयो ।
बाँकेको खजुरा गाउँपालिका स्तरीय पार्टीको अधिवेशनको बिहिबार उदघाटन एवं खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले सरकार संचालन र समीकरणका क्रममा पार्टीबाट पनि केही कमजोरी भएको स्वीकार गर्नु भयो । कहिले कांग्रेस कहिले एमालेसँग गठबन्धन गर्दा माओवादीको पहिचान मेटिने अवस्था आएको बताउँदै उहाँले आगामी निर्वाचनमा भ्रष्टाचारीहरुसँग कुनै गठबन्धन नगरी माओवादी एक्लै उभिने प्रतिबद्धता व्यक्त गर्नु भयोे ।
प्रचण्डले आफु नेतृत्वको सरकारले भ्रष्टाचारीहरुलाई कानूनी दायरामा ल्याउने काम गर्दै गर्दा अचम्मैगरी समीकरण बनेको बताउनु भयो । ‘संसदीय व्यवस्थामा ठुला दुई दल मिलेर सरकार बनाएको इतिहास छैन’ प्रचण्डले, ‘यो सरकार अस्वाभाविक र अप्राकृतिक छ र ढल्न आवश्यक छ ।’ उहाँले अहिले भ्रष्टाचार गर्नेहरु संसदमा धेरै र भ्रष्टाचारका विरुद्ध लाग्नेहरुको संख्या कम भएको अवस्था जिकिर गर्नु भयो ।
झण्डै ४० वर्ष अघि पञ्चायती व्यवस्था हुँदा खजुरामा आएको स्मरण ताजै रहेको बताउँदै अध्यक्ष प्रचण्डले जनआन्दोलन र जनयुद्धमा खजुराले खेलेको भूमिकाको उच्च प्रशंसा गरे । उनले खजुराको विकास र समृद्धिका लागि सधैं लागिरहने विश्वास व्यक्त गर्नु भयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार