मुख्य समाचार
नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? |

प्रचण्डको दाबी– 'यो सरकार अस्वाभाविक र अप्राकृतिक छ र ढल्न आवश्यक छ'

यूथ टुडे समाचारदाता 3303+ समाचार ( )
१० माघ २०८१, बिहीबार

बाँके । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुले नयाँ संघर्षको थालनी गरेको जनाउँदै आफ्नो संघर्ष शान्तिपूर्ण भएपनि शसक्त रहने जिकिर गर्नु भयो । १८ गतेबाट सदनभित्र पनि नयाँ संघर्ष सुरु गर्ने जनाउँदै उहाँँले जनता हारेको इतिहास नभएको स्पष्ट पार्नु भयो ।
बाँकेको खजुरामा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले समानुपातिक र समावेशी संविधान परिवर्तन गर्ने प्रयास भइरहेको तर माओवादीले कुनैपनि हालतमा परिवर्तनका उपलब्धीहरुलाई खोसिन नदिने बताउनु भयो ।
बाँकेको खजुरा गाउँपालिका स्तरीय पार्टीको अधिवेशनको बिहिबार उदघाटन एवं खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले सरकार संचालन र समीकरणका क्रममा पार्टीबाट पनि केही कमजोरी भएको स्वीकार गर्नु भयो । कहिले कांग्रेस कहिले एमालेसँग गठबन्धन गर्दा माओवादीको पहिचान मेटिने अवस्था आएको बताउँदै उहाँले आगामी निर्वाचनमा भ्रष्टाचारीहरुसँग कुनै गठबन्धन नगरी माओवादी एक्लै उभिने प्रतिबद्धता व्यक्त गर्नु भयोे ।
प्रचण्डले आफु नेतृत्वको सरकारले भ्रष्टाचारीहरुलाई कानूनी दायरामा ल्याउने काम गर्दै गर्दा अचम्मैगरी समीकरण बनेको बताउनु भयो । ‘संसदीय व्यवस्थामा ठुला दुई दल मिलेर सरकार बनाएको इतिहास छैन’ प्रचण्डले, ‘यो सरकार अस्वाभाविक र अप्राकृतिक छ र ढल्न आवश्यक छ ।’ उहाँले अहिले भ्रष्टाचार गर्नेहरु संसदमा धेरै र भ्रष्टाचारका विरुद्ध लाग्नेहरुको संख्या कम भएको अवस्था जिकिर गर्नु भयो ।
झण्डै ४० वर्ष अघि पञ्चायती व्यवस्था हुँदा खजुरामा आएको स्मरण ताजै रहेको बताउँदै अध्यक्ष प्रचण्डले जनआन्दोलन र जनयुद्धमा खजुराले खेलेको भूमिकाको उच्च प्रशंसा गरे । उनले खजुराको विकास र समृद्धिका लागि सधैं लागिरहने विश्वास व्यक्त गर्नु भयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार