मुख्य समाचार
यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने | नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर, महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च ५० प्रतिशतले बढाइयो | मानवबेचविखन रोक्न स्थानीय संयन्त्रलाई थप प्रभावकारी बनाईने | बर्दियाका तीन पालिकाका बिद्यार्थिलाई शैक्षिक सामाग्री वितरण | बजेटलाई अन्तिम रूप दिँदैछन् अर्थमन्त्री वाग्ले | “आजको रक्तदान, भोलिको मुस्कान” : जानकीमा २१ जनाले गरे जीवनदान | जानकी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम |

राप्रपाले सुरु गर्यो निर्वाचन लक्षित कार्यक्रम, नेपालगंजमा २९ गते बिशाल सभा

महमूद आलम खान 1133+ समाचार ( )
वैशाखमा तय भएको स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चुनाव लक्षित कार्यक्रम थालेको छ ।
२५ फाल्गुन २०७८, बुधवार

बाँके । वैशाखमा तय भएको स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चुनाव लक्षित कार्यक्रम थालेको छ ।  हालै पार्टीको केन्द्रीय कार्यसमितिको बैठकबाट सम्पूर्ण शक्ति निर्वाचनमा लगाउने निर्णय गरेको राप्रपाले चुनाव केन्द्रीत कार्यक्रम थालेको हो । 

 राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले अब पार्टीले स्थानीय निर्वाचन केन्द्रीत सभाहरूलाई निरन्तरता दिन लागेको जानकारी दिए । 

राप्रपाको प्रचार विभाग प्रमुख समेत रहेका प्रवक्ता श्रेष्ठका अनुसार फागुन २५ गते झापाको बुद्धशान्तिमा, २६ गते मोरङको सुन्दरहरैचामा, २७ गते काठमाडौंको मच्छेगाँऊ र ललितपुरको चापागाँऊमा, २८ गते सुर्खेतको वीरेन्द्रनगरमा, २९ गते नेपालगन्जको त्रिभुवन चोक, फागुन ३० गते बर्दियाको गुलरियामा राप्रपाको सभाहरु हुनेछन् । 

सबै सभालाई अध्यक्ष राजेन्द्र लिङ्देन र पार्टीका वरिष्ठ नेताहरूबाट सम्बोधन हुने श्रेष्ठले बताए । राप्रपाका सभाहरुमा आवश्यकता अनुसार निवर्तमान अध्यक्ष डा प्रकाशचन्द्र लोहनी, उपाध्यक्षहरु बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुब बहादुर प्रधान, हेमजङ्ग गुरुङ, महामन्त्रीहरु डा धवल शमशेर राणा, भुवन पाठक, कुन्ती शाहीले सम्बोधन गर्ने गरेका छन् । यस्तै विभिन्न जिल्लामा पार्टी प्रवेशको कार्यक्रम राखेर राप्रपाले पार्टीलाई चलायमान समेत बनाउँदै आएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार