मुख्य समाचार
पैसाकै कारण उपचार रोकिनु हुँदैन” सांसद खगेन्द्र सुनार | नेपालगञ्जमा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने | नरैनापुरमा भीषण आगलागी: १० घर खरानी, विवाहको घर शोकमा | बाँकेमै पहिलो उपलब्धि: जानकी–१ ‘पूर्ण खोप सुनिश्चित वडा’ घोषणा, खोप अभियानमा ऐतिहासिक सुरुवात | पूर्वविशिष्टहरूले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने | तीन तहबीच अधिकार बाँडफाँट नहुँदा संघीयता बदनाम भयोः देवराज चालिसे | गुणस्तरीय पोषण सेवा प्रवाहका लागि नरैनापुरका स्वास्थ्यकर्मीलाई तालिम | अधिवक्तामाथि कुटपिट र दुर्व्यवहारः दोषीमाथि कडा कानुनी कारबाहीको माग | बर्दियाको ठाकुरबाबामा युवा उद्यमशीलता प्रवद्र्धनका लागि कार्यशाला | १५ दिनभित्र फोहोर व्यवस्थापन गर्न जानकी गाउँपालिकाको कडा निर्देशन |

नवनिर्वाचित पालिका प्रमुखहरुलाई बाँके प्रशासनले गर्यो सम्मान

यूथ टुडे समाचारदाता 3333+ समाचार ( )
प्रजिअ खत्रीले पालिका प्रमुखहरुसँग शान्ति सुरक्षामा स्थानीय तहको सहयोग एवम् समन्वयका विषयमा समेत छलफल भएको जानकारी दिनुभयो ।
२६ जेठ २०७९, बिहीबार

बाँके । बाँकेका नवनिर्वाचित पालिकाका प्रमुखलाई सम्मान गर्दै जिल्ला प्रशासन कार्यालय बाँकेले विपत व्यवस्थापन लगायत समसामयिक विषयमा छलफल गरेको छ ।

प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा दोस्रो कार्यकालका लागि निर्वाचित नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह लगायत ७ वटा पालिका प्रमुखहरुलाई सम्मान गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । भने डुडुवा गाउँपालिका अध्यक्षको भने सहभागीता रहेको थिएन ।

 प्रजिअ खत्रीले पालिका प्रमुखहरुसँग शान्ति सुरक्षामा स्थानीय तहको सहयोग एवम् समन्वयका विषयमा समेत छलफल भएको जानकारी दिनुभयो । उहाँका अनुसार बढ्दो घरेलु हिंसा, लागुऔषधको दुव्र्यसन, झैझगडा नियन्त्रणका लागि सुरक्षा निकाय र पालिकाबीच समन्वय आवश्यक रहेको विषयलाई छलफल गरिएको छ । साथै सामाजिक विक्रिति र विसङ्गतिलाई अन्त्य गर्दै राजनीतिक दलबीच आवश्यक समन्वय र सुमधुर सम्बन्धलाई विशेष जोड दिइएको उहाँले बताउनुभयो । 

विकास निर्माणमा समन्वय, सहजीकरण, अनुगमन र निगरानीमा सहकार्य हुनुपर्ने विषयले पनि छलफलमा प्राथमिकता पाएको थियो । बालुवा, ढुङ्गा, गिट्टी लगायतका नदीजन्य पदार्थको प्रयोग, ठेक्कापट्टा र उत्खनन कानुन सम्वत हुनुपर्नेमा सुरक्षा प्रमुखहरुले जोड दिनु भएको थियो । 

शान्ति सुरक्षाको अवस्था मजवुत बनाउनका लागि सहयोग गर्ने र सुरक्षा निकायसँग आवश्यक समन्वय गर्ने उनीहरुको प्रतिवद्धता छ । नागरिकको अपेक्षा अनुसार सेवाप्रवाहलाई प्रभावकारी बनाउने, सेवामा सहजीकरण र प्रविधि मैत्री सेवा प्रवाहमा जोड दिने विषय पालिका प्रमुखहरुको प्राथमिकतामा परेका छन् । नागरिक मैत्री कानुन निर्माण र अभिलेख व्यवस्थापनको विषयमा पनि कार्यक्रममा छलफल भएको थियो । 

भारतसँगको खुला सीमाका कारण आउनसक्ने चुनौतीलाई मध्यनजर गर्दै सीमा क्षेत्रका पालिकाले सुरक्षामा आवश्यक सहयोग गर्ने प्रतिवद्धता पनि जनाएका छन् । कार्यक्रममा खुला सीमाबाट हुने अवैध ओसारपसार, लागुऔषध नियन्त्रण, अपराधिक गतिविधिको निगरानी र सूचना ​​​​​​​सम्प्रेषणमा समन्वय एवम् सहकार्यका लागि जोड दिइएको थियो ।  

कार्यक्रममा सुरक्षा निकायसँग समन्वय गर्दै अपराधिक क्रियाकलाप नियन्त्रण र जीर्ण सुरक्षा युनिटको पुर्ननिर्माणमा सहकार्य गर्ने कुरामा पालिका प्रमुखहरुले प्रतिवद्धता जनाएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार