काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)विरुद्धको अदालतको अवहेलना मुद्दा आज पनि स्थगित भएको छ ।
न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा परेको सुनुवाइ हेर्न नभ्याइने सूचीमा परेको हो । अधिवक्ता वर्षाकुमारी झाले गएको शुक्रबार बालेनविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर गरेका थिए ।
उच्च अदालत पाटनले सिनेमा हल सञ्चालकलाई हिन्दी फिल्मको प्रदर्शन नरोक्न महानगरविरुद्ध अन्तरिम आदेश जारी गरेको थियो । उक्त आदेश जारी भएसँगै बालेनले सामाजिक सञ्जालमार्फत आफूले आदेश नमान्ने बताएका थिए ।
उनको अभिव्यक्तिले अदालतको अवहेलना हुने भन्दै अधिवक्ता झाले सर्वोच्चमा निवेदन दर्ता गराएकी हुन् ।