बाँके । नेपालगञ्ज स्थित भेरी अस्पतालमा कार्यरत हाडजोर्नी विशेषज्ञ डाक्टर त्रिथेन्द्रा खड्काको टिमले गरेको उपचारको चर्चा छिमेकी जिल्लामा समेत सुरु भएको छ ।
हाडजोर्नीको उपचारमा पछिल्लो समयमा भेरी अस्पतालले फड्को मारेको हो । यो अस्पतालमा अहिले जोर्नी सम्बन्धि सबै उपचार हुने गरेको छ ।
अर्थोस्कोपिक प्रविधीबाट, हाडजार्नी सम्बन्धी उपचार, मेरुदण्ड शलयक्रियाका लागि चाहिने औषधी र उपकरण (घुँडा, कम्मर तथा कुहिना) को उपचार नेपालगञ्ज गणेशमान चोक स्थित कृष्ण मेडिकल हलमा उपलब्ध रहेको छ ।
डाक्टर खड्का संग परामर्श लिनका लागि कृष्ण मेडिकलमा सम्पर्क गर्न सकिने मेडिकलका संचालक आशिष गुप्ताले जानकारी दिनु भयो ।
भेरी अस्पताल संगै जोर्नीको उपचार कृष्ण मेडिकलमा सुरु भएपछि अब नेपालगञ्ज बाहिर जानुपर्ने बाध्यता हटेको वरिष्ठ हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. त्रिथेन्द्रा खड्काले बताउनु भयो ।
कृष्ण मेडिकलमा उपचार संगै सुपथ मूल्यमा औषधि उपलब्ध रहेको संचालक गुप्ताले जानकारी दिनु भयो ।