मुख्य समाचार
योग समितिमा पुनः डा भट्टराई निर्वाचित | अस्पतालमा रगत संकट बढ्दै, जानकी–५ ले गर्‍यो आकस्मिक रक्तदान | “स्वस्थ माटो, स्वस्थ जीवन” अभियानमा जानकी : प्राङ्गारिक कृषि र पोषण सचेतनामा ग्रामीण समुदाय उत्साहित | जानकीमा १५ शय्याको अस्पतालको निर्माण अन्तिम चरणमा | जानकीको गुरुवा गाउँमा बन्यो ‘वैकुण्ठ धाम’ | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | “स्वास्थ्य चौकीबाट टोलटोलसम्म” : कटकुइयामा स्वास्थ्यकर्मीको सरसफाइ अभियान, घरदैलोमै स्वास्थ्य सेवा | ग्रीन इकोनोमि परियोजनाको स्थानीय उत्पादनको प्रवद्र्धनमा महत्वपूर्ण योगदान | युवामैत्री डिजिटल सशक्तिकरण सम्बन्धी ३ दिने “कन्टेन्ट क्रियसन सम्बन्धि तालिम सम्पन्न |

बाँकेको जानकीमा बन्दुक देखाएर लाखौँको लुटपाट

यूथ टुडे समाचारदाता 3387+ समाचार ( )
२२ चैत्र २०८०, बिहीबार

बाँके । बाँकेको जानकी गाँउपालिका–६ कपासीमा लोकेन्द्र बहादुर बुढा क्षेत्रीको घरमा लुटेराको एक समूहले बन्दुक देखाइ लाखौंको लुटपाट गरेको छ ।

स्थानीय लोकेन्द्र बहादुर बुढा घरमा सुतिरहेको अवस्थामा बिहीबार मध्यरात २ बजेको समयमा घरभित्र पसी ८÷१० जनाको समूहमा आएका हतियारधारी व्यक्तिले गरगहना लुटपाट गरी लगेको प्रहरीले जनाएको छ ।

हतियारधारी व्यक्तिहरुको आक्रमणमा परी घरधनी क्षेत्री घाईते भएको पवित्रा बुढा क्षेत्रीले बताउनु भयो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार लुटेराले उहाँको घरबाट सुनको सिक्रीसहित स्कुलमा जम्मा गर्नका लागि राखिएको रुपैयाँ लुटेर लगेको जानकारी दिनु भयो ।

घटना मध्यराती २ बजे भएपनि छिमेकीले ढिलो गरी थाहा पाएपछि प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीले अहिले लुटेराको खोजी गरिरहेको जनाइएको छ । 

स्मरणरहोस बाँकेको जानकी गाँउपालिका वडा नं. ६ कपासी गाँउमा गत ३ महिनामा ३ पटक चोरी भए पनि प्रहरीले अहिले सम्म चोरहरुको पत्ता लगाउन नसकेको चोरहरुको कुटाईबाट घाईते भएका स्थानीय जहिर शेखले बताउनु भयो ।

यस्तै केही दिन अगाडि सोही पालिकाको इन्द्रपुर गाँउमा चोरहरुको एक समूह घरमा प्रबेश गरी लुटपाट गर्नुका साथै लुटेराहरुको समूहको आक्रमणमा परी एक जनाको मृत्यु भएको थियो भने ४ दिन पहिला नेपालगंज २१ बिर्ता गाँउमा एक जना यूवकको घाटी रेटी हत्या भए पनि प्रहरीले अहिले सम्म अभियुक्तहरुलाई पक्राउ गर्न नसक्दा स्थानीयहरुमा त्रास फैलिएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार