मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

जात र धर्मको राजनिति छोडेर एमालेको एजेण्डमा लाग्न कार्यकर्तालाई महासचिव पोखरेलको निर्देशन

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
४ जेठ २०८१, शुक्रबार

बाँके । नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शंकर पोखरेलले मुलुकको समृद्धिका लागि दूरदर्शी नेतृत्व, बलियो राजनीतिक दल र राजनीतिक स्थिरता आवश्यक रहेको बताउनु भएको छ ।

देशमा साम्प्रदायिक द्वन्द्वको बिजारोपण गरेर सामजिक(धार्मिक सद्भाव बिथोल्न खोजिएको उहाँको भनाइ छ। पोखरेलले धर्मका नाममा राजनीति नगर्न आग्रहसमेत कार्यकर्ताहरुलाई गर्नु भयो । 

उत्तेजना र बहकाउमा नलागी जातीय र धार्मिक सद्भाव कायम गर्दै संयमित भएर नेकपा एमालेको एजेण्डामा लाग्न  आग्रह गर्नु भएको थियो । पोखरेलल् धार्मिक र जातीय सहिष्णुतामै नेपाली समाज अडेको उहाँको भनाइ थियो ।  

आज नेकपा एमाले बाँके जिल्ला कमिटीको नवौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै उहाँले नेकपा एमालेलाई बलियो शक्तिका रुपमा स्थापना गर्न लागी परेको बताउदै उहाँले आफ्नो पार्टीमा आवद्ध युवालाई समाज बदल्ने पार्टीको अभियानमा कटिबद्ध भएर लाग्न समेत आग्रह गर्नुभयो । 

महासचिव पोखरेलले एमालेलाई मुलुकको समृद्धि र विकासको अगुवा पार्टीका रुपमा अगाडि बढाउन आवश्यक रहेको बताउनु भयो । मुलुकको ओरोलो यात्रालाई रोक्न र मुलुकलाई बर्बाद हुनुबाट जोगाउन पार्टी सरकारमा सहभागी भएको जिकिर गर्दै पार्टीका सभापति एंव पूर्व प्रधानमन्त्री केपी शर्मा ओली माथि संसदमा नेपाली काँग्रेसले गरेको असभ्य व्यवहारको निन्दा गर्दै पार्टी गम्भीर भएर अगाडि बढने बताउनु भयो । 

जनताले समस्या पर्दा पार्टीलाई नभई युट्युबर र अभियन्तालाई खोज्ने अवस्था सृजना भइरहेको भन्दै उहाँले पार्टीलाई जनतासँग जोड्ने एजेण्डा लिएर जनताको घरदैलोमा जान आवश्यक रहेको समेत महासचिव पोखरेलले बताउनु भयो ।

उहाँले कार्यकर्ताहरुलाई जातिय, धार्मिक राजनिति छोडेर पार्टीको एजेण्डमा प्रतिबद्धता भएर पार्टीलाई बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्नका लागि ‘मिसन ८४’ सफल पार्न जनतासँग नजिक रहेर काम गर्न पनि आग्रह गर्नु भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार