मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

बालकुुमारी घटनामा मन्त्री प्रकाश ज्वाला पनि जिम्मेवार रहेको जाँचबुझ आयोगको निष्कर्ष

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
४ फाल्गुन २०८०, शुक्रबार

काठमाडौं । उच्चस्तरीय जाँचबुझ आयोगले दुई जनाको ज्यान जाने गरी भएको बालकुुमारी घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला पनि जिम्मेवार भएको निष्कर्ष निकालेको छ ।

मन्त्री, पीएसओ र अपरेसन कमाण्डर घटनामा जिम्मेवार रहेको आयोगको निष्कर्ष छ । भाषा परीक्षामा सहभागी हुनुपर्ने माग गर्दै १३ पुसमा ललितपुरको बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालय परिसरमा प्रदर्शन भएको थियो । त्यही बेला भौतिक पूर्वाधारमन्त्री ज्वालाको गाडी आएपछि प्रदर्शनकारीले रोके ।

मन्त्री गाडी छोडेर हिँडे, तर प्रदर्शनकारीले मन्त्रीको गाडीमा तोडफोड र आगजनी गरेको अपुष्ट खबर आएपछि अर्कोतर्फ रहेको डीएसपी उमेश लम्साल नेतृत्वको प्रहरी टोली बल प्रयोग गर्दै अगाडि बढेको थियो ।

त्यसक्रममा प्रहरीले हानेको गोली लागेर अछामका वीरेन्द्र शाहको मृत्यु भयो भने अर्का मृतक दैलेखका सुजन रावतलाई बन्दुकको कुन्जाले हानेको प्रारम्भीक अनुसन्धानले देखाएको थियो ।

त्यसका आधारमा डीएसपी लम्साल र मन्त्रीका निजी सुरक्षा अधिकारी (पीएसओ) बोधराज अधिकारीलाई निलम्बन गरिएको थियो भने ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र प्रहरी प्रमुख शिद्धिविक्रम शाहको सरुवा गरिएको थियो ।

साथै घटनाबारे जाँचबुझ गर्न सरकारले उच्च अदालतका पूर्व न्यायाधीश शेखरप्रसाद पौडेल अध्यक्षतामा आयोग बनेको थियो । आयोगले शुक्रबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदन बुझ्दै उपप्रधानमन्त्री श्रेष्ठले आयोगको निष्कर्षलाई कार्यान्वयन गरिने बताएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार